आज साउन १५,आजको दिनलाई राष्ट्रिय खिर दिवसको रुपमा मनाइदै

काठमाडौं,साउन,१५-आज साउन १५ गते । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय बोर्डले गरेको हो ।

नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ । वर्षा सुरु भएदेखि नैं खेतीपातीमा व्यस्त हुने किसनाहरुलाई पुनर्जागरण प्रदान गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरु बताउँछन् ।

चामललाई दुधमा मर–मसलासहित पकाएर तयार पारिने परिकार खीरबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुनछ ।