गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड, बाबुराम र चित्रबहादुर बालुवाटार पुगे

नेपाल भने अनुपस्थित

काठमाडौं साउन,१३-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका कार्यकारीणी अध्यक्ष बाबुराम भट्टराई र चित्रबहादुर प्रवेश गरेका छन् ।

एमाले वरिष्ठ नेता माधव नेपाललाई बैठकमा बोलाइएको भएपनि उहाँ भने अहिलेसम्म कोटेश्वरमै रहेको जानकारी प्राप्त भएको छ । यसअघिको बैठकमा नेपाल सहभागी हुनुभएको थियो ।

मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने छ । सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन् ।