लाइफ फिजिकल ट्रेनिङ्ग सेन्टरले गर्यो इन्डियन आर्मिमा छनोट हुनेलाई बिदाई

नेपालगन्ज,फाल्गुन,२६-
आर्मी,पुलिस,लाउरे लगाएत सुरक्षा गार्ड बन्न चाहानेहरुलाई नेपालगन्जमै गुणस्तरीय परिक्षण एवम शिक्षा प्रदान गर्दै आएको लाईफ फिजिकल ट्रेनिङ्ग सेन्टरले यसै संस्था मार्फत इन्डियन आर्मी तथा लाउरेमा नाम निकाल्न सफल १२ जनालाई शनिबार बिदाइ गरेको छ।

औपचारिक रुपमा मैन बत्ती बालेर सुरु गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा भुपु नेपाली आर्मी मेजर अनिल बस्नेत र नेपाल भुपु जिल्ला समिती बाँकेका चिफ भिम बहादुर राणा रहनु भएको थियो।

त्यस्तै विशिष्ट अतिथिमा रोयल फिटनेसका सन्चालक अर्जुन शाह, अतिथिमा राप्रपा जिल्ला कार्यसमितिका अध्यक्ष भरत ध्वज शाही, लाइफ फिट्नेस ट्रेनिङ्ग सेन्टरका प्रमुख प्रेम बहादुर शाही,लाइफ फिटनेसकी सन्चालिका पुष्पा शाही, मनोज कुमार बस्नेत, सन्चालक प्रशिक्षक बब बहादुर शाही र विजयकुमार सोनि रहनु भएको थियो।

डिल्ली राज रेग्मीले सन्चालन गर्नु भएको बिदाई कार्यक्रममा यसै संस्थाबाट ईन्डियन आर्मिको नाइन जिआरमा पर्न सफल ७ जना प्रशिक्षार्थी र इन्डियन जिएममा पर्न सफल ५ जनालाई दोसल्ला ओढाएर सम्मान तथा बिदाई गरिएको थियो।

कार्यक्रममा अनिल बस्नेत र भिम बहादुर राणाले मन्तव्य राख्नु भएको थियो भने अन्त्यमा प्रेम बहादुर शाहिले नाम निकाल्न सफल प्रशिक्षार्थीहरुलाई आगामी दिनमा राम्रो गर्न आग्रह गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।