बिहानी एफसिका खेलाडी टिम क्याप्टेन राज र बिजयको बिदाई

बिहानी एफसीको कोचमा जिवन क्षेत्री र रमेश रहने : टिम क्याप्टेनको जिम्मेवारी प्रभु गुरुङलाई

फुरुओका,जापान,फाल्गुन,२६-

Bihani FC Official Team Fukuoka Japan

जापानको फुकुओकामा सन् २०१८ मा स्थापित भएको बिहानी एफ सी ले आज आईतबार आफ्नो दुई होनहार खेलाडीहरुलाई बिदाई गरेको छ ।

क्लवको स्थापनाको शुरुवाती चरणबाटै क्लवमा आबद्ध भई क्लवमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै दुबै जना खेलाडीहरु टिम क्याप्टेन राज बोहरामिड फिल्डर बिजय गुरुङ लाई सामुहिक रुपमा क्लवले बिदाई गरेको हो । बिहानी एफ सि मा आबद्ध हुँदै आएका उनीहरुले फुकुओकामा हुने टुर्नामेण्ट मध्य ४ वटा टुर्नामेन्टमा सहभागी भई खेलमा राम्रो प्रदर्शन गरेका थिए ।

तस्विरमा : बाँया बाट विवेक,राज,विजयी र रमेश

टिम क्याप्टेन राज बोहरा र मिड फिल्डर बिजयी गुरुङ आफ्नो उच्च शिक्षा हाशिल गर्नको लागी फुकुओका छाडी जापानको सेन्डाई शहर र राजधानी टोकियो जाने भएको हुनाले उनीहरुलाई बिदाई गरेको बिहानी एफ सी ले जनाएको छ । बिदाई कार्यक्रममा उपस्थित सबै खेलाडीहरु र शुभच्छुेक वर्गले दुवै जनाको शैक्षीक सफलताको लागी शुभकामना अर्पण गरेका छन् । क्लवले आवश्यक परेमा आगामी टुर्नामेण्टमा दुबै खेलाडी लाई बोलाउन सक्ने बताएको छ ।

बिदाई पछि टिम क्याप्टेन राज साथीहरु संग सेल्फी हान्दै

बिहानी एफ सी गत वर्षबाट मात्र संचालनमा आएको हो । उक्त क्लवले जापानको फुकुओका शहर र कित्ताक्युशु शहरमा अध्ययनको शिलशिलामा आएका र फुटबलमा रुची राख्ने तर पिछडिएका खेलाडीलाई समावेश गरि सन्चालनमा ल्याएको हो ।

आज आईतबार बिदा गरिएका खेलाडीहरु टिम क्याप्टेन राज बोहराको नेपाल घर प्रदेश नं. ७ को कैलाली जिल्लामा हो भने मिड फिल्डर बिजयी गुरुङको नेपाल घर लमजुङ जिल्लामा रहेको छ ।

यसैबिच : बिहानी एफ सी ले दुई जना होनहार खेलाडीको बिदाई पश्चात लगत्तै दुई जना होनहार खेलाडीहरुलाई क्लवमा अनुमोदन पनी गरेको छ । बिहानी एफ सी मा आबद्ध हुने नयाँ खेलाडीमा नवलपरासीका जिवन क्षेत्री र धादिङका कृष्ण श्रेष्ठ रहेका छन् । बिहानी एफ सि ले दुवै जनालाई टिममा आबद्ध गर्दै जिम्मेवारी पनी सुम्पेको छ ।

आजबाट बिहानी एफ सीमा आवद्ध भएका टिम कोच जिवन क्षेत्री र मिडफिल्डर कृष्ण श्रेष्ठ ।।

आगामी दिनमा क्लवको कोचमा जिवन क्षेत्री र रमेश जि.सी रहने छन्, भने टिम क्याप्टेनको जिम्मेवारी प्रभु गुरुङलाई दिएको छ, यस्तै कृष्ण श्रेष्ठलाई मिडफिल्डरको जिम्मेवारी दिईएको छ ।त्यसैगरी बिहानी एफ सि को आर्थीक व्यवस्थापकिय म्यानेजरको जिम्मेवारी विवेक ढकाललाई दिएको छ । बिहानी एफ सि को सम्पुर्ण टिम व्यवस्थापनमा भने दुर्लभ सारु मगर र प्रमोद श्रेष्ठले हेर्ने छन् । अन्य नयाँ खेलाडीहरुलाई पनी छिट्टै समावेश गर्ने बिहानी एफ सी ले जनाएको छ ।

बाँकि तस्विरहरु….!!

Bihani FC Official Team Fukuoka Japan