आदर्श मावि नेपालगन्जले गर्यो १२ कक्षाका विद्यार्थीलाई बिदाई

नेपालगन्ज,फाल्गुन,२६-
नेपालगन्जकै प्रतिष्ठित अनि गुणस्तरीय शिक्षा प्रादान गर्दै आएको आदर्श मावीले शनिवार कक्षा १२ का सम्पुर्ण बिद्यार्थीहरुलाई विदाई गरेको छ।

कक्षा ११ का छात्र प्रशान्त शाहिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा आदर्श     ग्रुपका संस्थापक तथा    सनबिम माविका अध्यक्ष गिरिराज पौडेल, विशिष्ट अतिथीमा आदर्श तथा नेपालगन्ज मल्टिपल क्याम्पसका चिफ डाइरेक्टर इस्वर प्रसाद पोखरेल,   आदर्श तथा एनएमसिका चिफ एकेडेमीक एडभाईजर प्रकाश लामिछाने  रहनु भएको थियो।

त्यस्तै अतिथिमा आदर्शका संस्थापक राजेन्द्र श्रेष्ठ ,           एनएमसिका अध्यक्ष निरज गौतम, पवन गौतम, एनएमसिका प्रमुख थानेश्वर पाण्डे, एनएमसिका सहायक प्रमुख थमन केसी, आदर्शका प्राचार्य बिरभान केसी, भरत बिष्ट,  महेश्वर जोशी लगाएत सम्पुर्ण शिक्षक शिक्षिकाहरु रहनु भएको थियो।

आदर्शका कोअर्डिनेटर विष्णु गिरीले सन्चालन गर्नु भएको र     भानुभक्त रेग्मीको संयोजकत्वमा सम्पन्न  उक्त कार्यक्रममा स्वागत मन्तव्य सुधा पाण्डेले राख्नु भएको थियो भने बिरभान केसी,भानुभक्त   रेग्मीले मन्तव्य राख्नु भएको थियो।
मन्तव्यका क्रममा प्राचार्य केसीले कक्षा १२ बाट बिदाइ भएर जाने सम्पुर्ण विद्यार्थीहरुलाई शुभकामना दिदै आगामी परीक्षा एकदम राम्रो गर्न सल्लाह समेत दिनु भएको थियो।

करिव सांझ ५ बजे सम्म सन्चालन भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो।