आजको राशिफल ।। साउन १८ गते बुधवार ।।

काठमाडौं,साउन,१८-आज विक्रम संवत २०७९ साल साउन महिनाको १८ गते बुधवार, (अगष्ट ३ तारिख) साउन शुक्ल षष्ठी तिथी !!आज कल्की जयन्ती पनी हो ।।

आज साउन १८ गते बुधवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन कार्यमा सम्पादनमा समस्या आउला।पारिवारिक उल्झनमा परि काम बिग्रिएला।सरकारी निकायको भय पनि रहनेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन नयाँ र शुभकार्यको चर्चा चल्नेछ।कुनै कुराले मनमा शान्ति छाउला।सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ।अरुलाई प्रभावित पारेर काम बन्नेछ।कला र गलाको प्रभाव बढ्नेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ।बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ।वित्तिय संस्थाबाट सहयोग पाइनेछ।प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन चिताएको कामले तीव्रता लिनेछ।व्यापारव्यवसायबाट फाइदा लिन सकिनेछ।महिला मित्रबाट विशेष सहयोग मिल्नेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिनस्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ।शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ।मनमा चञ्चलता बढ्नसक्छ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिनआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन जोशजाँगर र हिम्मत बढ्नेछ ।नयाँ काम वा रोजगार पाइनेछ।धार्मिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ।अरुको मन जित्न सकिनेछ।शुभकार्यको योजना हुनेछ, तर साँझमा भने खर्च बढ्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन अनावश्यक यात्रा हुनसक्नेछ।आफन्तसँग मनमुटाव बढ्ने देखिन्छ।गलत आश्वासन बाँड्नाले आफैलाई समस्या आउन सक्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन मङ्गल कार्यको योजना बन्नेछ।कृषि कार्यमा सहभागी भइएला।नयाँ रोजगारको अवसरले पछ्याउनेछ।स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल