गरीब बोलको गित सार्वजनिक

रोशन घर्ति
दाङ,असोज,१
नेपालीको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा गरीब बोलको गित सार्वजनिक भएको छ । दशैँ अहिले भडकिलो तरिकाले मनाउने गर्दा त्यसले एउटा समाजमा भएको गरीव परिवारको बारेमा चित्रण गरीएको गित सार्वजनिक गरीएको छ ।

यद्यपी उक्त गितले सर्वत्र बजारमा चर्चा बटुलिरहेको छ । उक्त गित समुन्द्र राज पौडेलको स्वर रहेको छ । मेघराज सापकोटाको शब्द , रामु खडकाको संगित रहेको छ । राजेश कुवरको सम्पादन,नवराज उप्रतीको छाँयाकन तथा विक्रम चौहानको निर्देशन रहेको छ ।

मालती डिजीटल प्रालीद्धारा बजारमा सार्वजनिक भएको प्रस्तुत गितमा आशा खड्का र विपेश घिमिरेको उत्कृष्ट अभिनय रहेको छ ।