बागेश्वरी मन्दिरका पुजारीलाई नारियल फोड्ने मेसिन हस्तान्तरण

नारियल फुटाउदा हुने जोखिम न्युनिकरणका लागी मेसिन जडान अध्यक्ष : शर्मा

रन्जीता ढकाल थापा/

बाँके,भदौं,२६-

PEAN Nepalgunj Unit ले बागेश्वरी मन्दिरका पुजारीलाई आज नारियल फोड्ने मेसिन हस्तान्तरण गरेको छ । मध्य तथा सुदुरपश्चिमको प्रमुख ब्यापारीक नाका नेपालगञ्ज स्थित पवित्र धार्मिक स्थल श्री बागेश्वरी मन्दिरमा दर्शनार्थीको सहजताका लागी “नारियल फोड्ने मेसिन” राख्ने निर्णय अनुसार उक्त मसिन हस्तान्तरण गरेको हो । 

बागेश्वरी मन्दिरमा संधैजसो श्रध्दालुहरूको भिड लाग्ने गरेको छ । बिशेष गरि हिन्दुहरुको महान पर्वहरू बडा दशैं,तिहार,राम नवमी,शिव रात्री,तिज जस्ता चाड पर्वहरुमा भक्तजनहरूको अत्यधिक घुँइचो हुने गर्दछ ।

पर्वका वेला देवतालाई नरिवल फुटाएर चढाउने क्रममा जथाभावी मूर्ति नजिकै नरिवल बजार्ने गर्नाले हातमा बढि बल लगाउँदा दुख्ने,मर्कने समस्या आउन सक्ने, मूर्तिमा असर गर्न सक्ने,मार्वल फुट्न सक्ने तथा उछिट्टिएर अन्यलाई चोट लाग्न सक्ने भएकोले यी सबैको समाधानका रुपमा ब्यवस्थितरूपमा नारियल फोड्ने मेसिन जडान गरिएको  pean npj अध्यक्ष ओम नारायण शर्माले बताउनुभयो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो मेसिन नेपालगञ्जका ग्रिल उधोगहरूलाई बनाउन भन्दा नमुना तथा डिजाइन थाहा नपाएर पछि पोखरामा ५० kg फलामबाट यसलाई तयार गरी मगाइएको शर्माले जानकारी दिनुभयो । आज हस्तान्तरित उक्त मेसिनलाई अहिले सोर्ह श्राध्द परेकोले घटस्थापनाका दिन मात्र बिशेष पुजा गरी मन्दिरको उत्तरपट्टि जडान गरिने बागेश्वरी मन्दिर संरक्षण समितिका अध्यक्ष चन्दन नाथ योगीले बताउनुभयो ।

मन्दिरका अध्यक्ष योगिले श्रध्दालु भक्तजनहरूलाई सजिलोका लागि PEAN Nepalgunj ले गरेको यस सहयोगले बागेश्वरी माताको दर्शन गर्न अझ ब्यवस्थित हुने भएकोले यो पुण्य सोच राख्ने अध्यक्ष ओम शर्मा लगायत समग्र Pean nepalgunj Unit लाई सम्पूर्ण बागेश्वरी मन्दिर समितिको तर्फबाट लाखौँ लाख साधुवाद ब्यक्त गर्नुभयो।

PEAN Nepalgunj Unit नेपालगन्ज Hq भएर बजार प्रवर्दनमा संलग्न स्वदेशी तथा बिदेशी औषधि कम्पनीमा कार्यरत मेनेजरहरूको एउटा संगठन हो । जसले २०६७ सालमा नेपालगञ्जमा स्थापना भई आफ्ना सदस्यहरूको हक हितका मुद्दाहरू स्थापित गर्ने तथा बिभिन्न सामाजिक कृयाकलापहरू गर्दै आइरहेको  छ ।