जापानद्धारा निर्मीत कर्णाली पुल पर्यटक आकर्षकको केन्द्र बन्दै

कैलाली,पुस,१९- 

कर्णाली पुल || Karnali Bridge Kailali Nepal.

कैलाली जिल्लाको कर्णाली पुल पर्यटनको आकर्षकको रुपमा निकै चर्चामा छ।नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे  पिल्लर भएको कर्णाली पुल हो ।

कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल ७ नम्बर प्रदेश लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ।

सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदी स्वादिष्ट माछासँगै र्याफ्टिङको आनन्दका लागि यहाँ दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छन् ।

यसको निर्माण सन् १९९३ मा पूरा भएको हो। यो तार पुल (Cable-stayed bridge) हो जसको बिचमा ठूलो खम्बा (pylon) छ। त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (truss) लाई अड्याइएको छ ।

यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ। यसको निर्माण जापान कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।