निर्देशक आचार्यको यसपालिको जन्मदिन, अनाथालयका बालबालिकासंग

शिव पुन

दाङ,असोज,२

चलचित्र निर्देशक ऋषिराज आचार्यले यो वर्षको जन्म दिन अघिल्लो वर्षको भन्दा फरक तरिकाले मनाएका छन् ।

अघिल्ला वर्षमा साथीभाइ अनि आफ्नो परिवार संग रमाइलो गरेर मनाउदै आएका आचार्यले यो वर्ष भने सामाजिक काम गरेर आफ्नो जन्म दिन मनाएका छन् ।

आचार्यले यो वर्षको जन्म दिन काठमाडौंको सांखुमा रहेको बन्दी सहायता अनाथालय नेपालका बालबालिका संग मनाएका छन् । आफ्नो परिवारका साथ अनाथालय पुगेका आचार्यले सो अनाथालयमा रहेका करिब एक सय जना बालबालिकालाई खाना खुवाएर ,उनिहरु संगै रमाइलो गर्दै जन्म दिन मनाएका छन् । 

निर्देशक आचार्यले आफ्नो जन्म दिनको अवसर पारेर आफ्नो अनाथालयका बालबालिका संग खुशी साट्दै जन्म दिन मनाएकोमा अनाथालयकि सन्चालिका इन्दिरा राणा र अनाथालयका बालबालिकाले आचार्यलाई धन्यवाद दिएका थिए ।

लामो समय देखी नेपाली सिनेमा उद्योगमा क्रियाशिल आचार्यले पनि यसपटक बालबालिका संग मनाइएको जन्म दिन अघिल्लो वर्षमा मनाएको भन्दा रमाइलो र अविस्मरणीय भएको बताए ।

स्मरण रहोस् निर्देशक आचार्यको नयाँ प्रोजेक्ट “Dreamgirl” दशै तिहार लगत्तै फ्लोरमा जांदैछ । फिल्मको छायांकन नेपालका विभिन्न रमणीय ठाउँ संगै दुबई मा पनि हुनेछ ।