दाङमा भोली माघि महोत्सव हुने

महोत्सवको तयारी पुरा

रोशन घर्ती/

दाङ,पुस,२७-

दाङमा भोली आयोजना गरिएको माघि महोत्सव २०७४को तयारी पुरा भएको आयोजकले जनाएका छन । थारु कल्याणकारिणी सभाको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा जिल्ला समन्वय समितिको पछाडी रहेको मञ्चमा महोत्सव कार्यक्रमको आयोजना गरिएको  महोत्सव को तयारी पुरा भएको कार्यक्रमका संयोजक तेजमान चौधरीले जानकारी दिनुभएको छ।

थारु कल्याणकारिणी सभा र विभीन्न सरोकारवाला निकायको आयोजनामा हुन थालेको महोत्सवमा थारुभाषाका किताबहरु,थारु परिकारहरु,बड्का नाच लगायत थारु समुदायको लोक संस्कृतिलाई उजागर गर्ने खालका कलाहरु प्रश्तुत गरिने कार्यक्रम संयोजक चौधरीले बताउनुभयो ।

संयोजक चौधरीका अनुसार बिशेषतः माघि महोत्सव कार्यक्रममा थारु युवासमुदायलाई लक्षित गरी थारु संस्कृति,थारु समुदायको मौलिकताको जर्गेना तथा संरक्षण गर्ने उद्धेष्यले नै कार्यक्रमको आयोजना गरिएको हो। भोलि बिहान ११बजेदेखि शुरु हुने उक्त माघि महोत्सव कार्यक्रममा सहभागी हुन थारु कल्याणकारिणी सभाले सवैमा अनुरोध समेत गरेको छ ।