आजको राशिफल ।। साउन १ गते आइतवार ।।

काठमाडौं,साउन,१-आज विक्रम संवत २०७९ साल साउन महिनाको १ गते आईतवार, (जुलाई १७ तारिख) कृष्ण चतुर्थी, आज कर्कट सङ्क्रान्ती, लुतो फाल्ने दिन, थारु समुदायको गुरिया पर्व पनि रहेको छ।

आज साउन १ गते आईतबारको राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन सामाजिक कार्यमा मन जानेछ।आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन नयाँ कमको थालनी हुनेछ।धार्मिक यात्राको योग छ।सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।अचल सम्पत्ति हात पर्ला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन आफन्तको प्रगतिमा मन रमाउनेछ।काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्नेछ।कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।आर्थिक कारोबारमा विवाद आउनेछ।नजिक व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।विशिष्ट व्यक्तिको सहयोग मिल्ला।विद्या र बुद्धिको विकास हुनेछ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।बहुमूल्य वस्तु हात पर्नेछ।साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।हर्ष, उमङ्ग र उत्साह रहला।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन शुभकार्यको चर्चा चल्नेछ।लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। पुँजी बजारको क्षेत्रमा रुचि बढ्ने र लाभ मिल्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन आफन्त व्यक्तिले काम बिगारिदिने सम्भावना बलियो रहेको छ।वैदेशिक काम पनि अधुरै रहन सक्छ, तर साँझमा मन खुसी रहनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ।रमाइलो यात्राको योग रहेको छ।बन्धुबान्धवबाट सहयोग मिल्नेछ। मनमा मनमा हर्ष ,उमङ्ग र उत्साह छाउनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आज रमणीय र सुखद् यात्राको योग छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।न्यायिक कार्यमा सफलता मिल्नेछ।रमणीय र सुखद् यात्राको योग छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन आर्थिक कारोबारमा मन्दी आउनेछ।अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। मनमा दुबिधा पनि उत्पन्न पनि हुन सक्छ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल