ए डिभिजन लिगमा : आर्मी, थ्रीस्टार र पुलीसको जीत

काठमाडौं,मंसिर,१०-

आज भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डको खेलमा संकटा क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटालाई आर्मीले ५-१ गोलअन्तरले पराजित गर्न सफल भयो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २, भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जमले गोल गरे । यता, संकटाका लागि भने इलोन म्याक्श्वेलले एक गोल फर्काएका थिए ।

जितसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्मीको ४ खेलबाट १० अंक भएको छ । अपराजित यात्रामा रहेको आर्मीले ३ खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लब भने दोस्रो स्थानमा छ । मनाङको ३ खेलबाट ९ अंक रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको संकटाको ४ खेलबाट ९ अंक रहेको छ ।

यस्तै : एन्फा कम्प्लेक्सको खेल मैदानमा नै आज दिउँसो भएको खेलमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) २-० गोललो पराजीत गरेको छ  । थ्रीस्टाकका लागी ७५ औं मिनेटमा रजिन धिमालले गोल गरेका थिए, भने खेलको निर्धारित समयको ९१ औं मिनेटमा मार्टीनले थप १ गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

यसैबिच उता : हलचोकस्थित एपीएफको खेलमैदानमा आज दिउँसो नै भएको विभागीय टिम नेपाल पुलिस क्लब र च्यासल युथ क्लबको खेलमा पनी नेपाल पुलीस क्लवले २-० गोलले च्यासल युथ क्लवलाई पराजीत गरेको छ ।

खेलको ३८ औं मिनेटमा पुलीसका लागी रवि पासवानले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा १-० ले अगाडी रहेको पुलीसले खेलको दोस्रो हाफको ८९ औं मिनेटमा भरत शाहले थप १ गोल गर्दै टिमलाई जित दिलाएका थिए ।