नेकपाको बैठक मंगलबार सम्मका लागि सर्‍यो

काठमाडौं,मंसिर,१०-

नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ । आज बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले मंगलबार (भोलि)सम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।आजको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंगठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची, पार्टी, संसद तथा सरकारको समीक्षा, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा छलफल गर्ने कार्यसूचीमा उल्लेख थियो ।

पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । रासस