स्याक नेपालको ६ दिने अवलोकन भ्रमण यात्राका उपलब्धी

नेपालगन्ज,मंसिर,१०-
डुडुवा गाउँपालिका २ का सुनिता यादव ६ दिनको अवलोकन भ्रमणमा निस्किन । भ्रमणको वारेमा उनले सोचेका पनि थिएनन् कि यति लामो भ्रमणको अवसर आउछ भन्ने । भ्रमण बारे उनले कतिको रमाईलो हुन्छ भन्ने बारे पनि सोचेका थिएनन् । करिव ५ बजे जाने खवर आएको थियो झोलामा कपडा, र आफुलाई चाहिने सामान झोलामा राखेर घरबाट ३ बजे निस्के । मेरो लागि अवलोकन भ्रमण एकदम नौलो थियो उनले भने ।

६ दिनको लामो यात्रा र कस्तो यात्रा होला मनमा खुलदुलि लागिरहेको थियो । डुडुवाका केही साथीसंगै हामी घरबाट नेपालगन्जसम्म अटो रिक्साबाट भ्रमण निस्कने ठाउँको यात्रा तय ग¥यो । ४ बजे बस लाग्ने ठाउँमा पुग्यो करिव १ घण्टा बसलाई कुर्न ठिक्क भयो उनले भने । ५ बजे अवलोकन भ्रमणका लागि हामी करिव ३५÷३६ जना बसमा सवार हुदै यात्रा तय ग¥यो । अवलोकन भ्रमणको पहिलो स्थान थियो रौतहट ।

रातभरी यात्रामा वित्यो । यात्रा पनि यस्तो रह्यो कि कुरै नगरौ उनले भने । यात्रामा रहेका सवै साथीहरु रमाईला भएकै कारण होला रातभरको यात्रा यात्रा गरे जस्तो भएन । बसमा गुन्जिने गितका भाकामा नाचेरै पहिलो स्थान पुगेको पत्तै भएन डुडुवा गाउँपालिका मिलन चोकका धनि रोकाले भने । बसचल्यो कि नाच्न सुरु हुन्थ्यो उनले भने । ननाच्ने साथीहरु पनि नाच्न बाध्य भएका थिए । बसमा नाचगान र अन्तक्षरी खेलेर नै पहिलो स्थान सम्म पुग्न सफल भएका थियो रोकाले भने ।

यस्तै डुडुवाकै सिलम यादबले पनि यस्तो अवलोकन भ्रमण पहिलो भएको बताए । स्याक नेपालको आयोजनामा ६ दिने अवलोकन भ्रमण कार्यक्रम सकिएको छ । अक्सफाम नेपालको आर्थिक सहयोगमा ६ दिने अवलोकन भ्रमण कार्यक्रम नेपालको विभिन्न जिल्लामा अवलोकन गरि सम्पन्न भएको छ । रौतहत, जनकपुर, पोखरा, स्याङजा, पाल्पा, बुटवल, लम्बीनी लगायतका ठाउँहरुमा अवलोकन भ्रमण गरिएको हो ।

सामाजिक सचेतन मंच (स्याक) नेपालको आयोजना तथा अक्सफामको सहयोगमा महिला र बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि संचालित अभियानअन्तर्गत देशका विभिन्न जिल्लामा अवलोकन भ्रमण कार्यक्रम गरिएको हो । नेपालगन्जदेखि २९ गते निस्केको अवलोकन भ्रमण टोलीले रौतहटको लक्की बाल क्लव, ज्ञान बाटिका समुदायिक छलफल केन्द्र, ज्योती सामुदायिक छलफल केन्द्र लगायत रौतहटका बाल क्लवका बालवालिकाले बनाएको कचहरी नाटक भगजोगनी नाटक रौतहटका बालवालिकाहरुले प्रस्तुत गरि देखाएको परियोजनाका कार्यक्रम संयोजक राजकुमारी चौधरीले जानकारी दिए ।

अवलोकन गरिएका छलफल केन्द्रहरुका महिला तथा बालवालिकाहरुको धेरै परिवर्तन भएको पाइयो । पहिले घरभित्र बाट बाहिर नआउने र घुम्टो भित्रै सिमित रहेका समुदाय खुलेआम समुदायको विकासका निम्ती लागि परेको आरडिसीका पुजा जयसवालले बताए । रौतहटका सामुदायिक छलफल केन्द्रका महिलाहरुको प्रगति देखेर बाँकेका समुदायले पनि धेरै पाठ सिक्नु पर्ने रहेको बाँकेका परियोजना कार्यक्रमका संयोजक राजकुमारीले भने ।

अवलोकन भ्रमण टोलीले धार्मिक, पर्यटकिय एवम् ऐतिहासिक स्थलहरुको समेत अवलोकन भ्रमण गरिएको थियो । स्याक नेपाल बाँकेको स्थापना २०५१ साल ८ महिना ७ गते भएको थियो । संस्थाले बाँके र बर्दिया जिल्लामा बालबालिका, किशोरकिशोरी, युवा तथा महिलाहरुको हकअधिकार, सशक्तिकरण तथा क्षमता अभिवृद्धिको कार्यक्रमहरु गर्ने गरेको संस्थाका अध्यक्ष शिव लाल पाण्डेले बताए ।बालिका संरक्षण, बालिका एजेन्सी, लैङ्गिक रुपान्तरण तथा समाबेशी शिक्षा र बाल विवाह न्युनिकरण सम्बन्धी कार्यक्रमहरु गर्दै आएको अध्यक्ष पाण्डे भने ।

स्याकले महिला, बालबालिका, किशोर किशोरी तथा युवाहरुको अधिकार प्रर्वद्धन तथा संरक्षण गर्नको लागि सशक्तिकरण तथा पैरबीको कार्यक्रमहरु संचालन गर्ने, लक्षित समुहको सामुदायिक विकासको प्रतिफल तथा जीविकोपार्जनका अवसरहरुमा सहज पहँच उपलब्ध गराउन आबश्यकतामा आधारित रही पुर्बाधार बिकास र आयमुलक कार्यक्रमहरु संचालन गर्ने, जलवायु परिबर्तन र प्रकोपको कारणले श्रृजना हुने जोखिम न्युनिकरण गर्न जैविक बिबिधता संरक्षणका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

अवलोकन भ्रमण कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका र डुडुवा गाउँपालिकाका सामाजिक परिचालक, शिक्षक शिव प्रसाद सापकोटा, महिला तथा बालवालिका कार्यालयका लक्ष्मी केसी, स्याक नेपालका योगिता कार्की, ओमराज थारु, लगायत ३६ जनाको सहभागिता रहेको थियो ।