लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संघको अधिबेशन नेपालगन्जमा सम्पन्न

नेपालगन्ज,मंसिर,१२-
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जको दोस्रो अधिबेशन अाज नेपालगन्जमा सम्पन्न भएको छ ।अाज नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको लेक्चर हलमा दिउसो १ बजे अधिबेशन सुरु भएको थियो ।

कार्यक्रमको सभापति कर्मचारी संघका बिभागीय कार्यबाहक सभापति चन्द्र नारायण मण्डल , प्रमुख अतिथिमा कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर मण्डल, बिशिस्ट अतिथिमा अस्पतालका निर्देशक डा- एम- किदुवाई, अामन्त्रित बिशिस्ट अतिथिमा लर्ड बुद्ध एजुकेशल एकेडेमी लि- का उप निर्देशक श्याम कुमार शर्मा, अतिथिहरुमा कर्मचारी संगठनका सभापति कुश्माखर बश्याल, बरिस्ठ उपसभापति मुस्लिम खान, कर्मचारी संघका केन्द्रीय पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

अाजको दोस्रो अधिबेशनबाट नेपालगन्जको बिभागीय सभापतिमा चन्द्र नारायण मण्डल, उपसभापतिमा क्रमश पुष्पा खत्री, बालकृष्ण पोखरेल, पुजा उपाध्याय,सचिवमा विजय कुमार त्रिपाठी, कोषाध्यक्षमा लक्ष्मी गिरी,सह सचिवमा माधव वर्नवाल, सदस्यहरुमा क्रमश मनिषा चिलवाल, नविन घिमिरे , प्रेरणा रेग्मी , सत्यवती चौधरी , लगायतका सर्वसम्मतिले चयन गरिएको निर्वाचन मण्डलका अध्यक्ष यम बहादुर खड्काले बताउनुभयो ।