विश्वकै उत्कृष्ट गायन रियालिलिटी शो फ्रेन्चाइज ‘द भ्वाईस’ नेपालमा पनी शुरु

सार्वजनीक भएको २४ घण्टा नबित्दै युट्युबमा ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउन सफल

काठमाण्डौं,भदौ,११-

नेपाल फेरी निकै लामो समयको प्रतीक्षा पछि विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सनिवार राति ९ बजेबाट टेलिभिजन ब्रोडकास्ट सुरु भएको छ । सार्बजनिक पहिलो शृंखला युट्युबमा २४ घण्टा नबित्दै ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउन सफल भएको छ ।

साताको शनिबार र आइतबार राति ९ बजे बाट कान्तिपुर टेलिभिजन मार्फत उक्त्त शोको प्रशारण गरिने छ । सबै पक्षबाट उत्कृष्ट मुल्यांकन भए संगै कोचहरुको निर्णायकिय क्षमतालाई पनि सबैले कदर गरेका छन् । सुशील नेपालले होस्ट गर्ने उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहने छन् ।

( भिडीयो हेर्नुहोस् )

’द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिनेछ । विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको समझौता तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन् ।प्रलाद सिंह ठकुरी एमडी रहेको यस रिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् ।

आयोजकको भनाई अनुसार नया प्रबिधि र अत्याधुनिक स्टुडियो निर्माण गरिएको उक्त शो इतिहासमा नै पहिलो पटक उक्त नेपाली शो अन्तराष्ट्रिय प्लाटफर्ममा समेत जानेछ । केहि शोहरु ‘द भ्वाईस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण गरिने छ जहाँ संसारभरका प्रतिभालाई अटाईएको छ । पुर्वेली न्यूजबाट