पहाडी समुदायको साथ बिना मधेस आन्दोलन सफल हुदैंन :इश्वर दयाल मिश्र

अराज सिहं बेल्बासे/

कपिलबस्तु,कार्त्तीक,२४-
सम्पुर्ण पहाडीबासी हरुलाइ मधेसी बिरोधी बनाएका कारणनै मधेस आन्दोलन सफल नभएको कपिलबस्तु प्रतिनिधी सभा ३ का उम्मेदवार एश्बर दयाल मिश्रले बताउनु भएको छ ।

आज शिबपुरमा निवार्चन प्रचार प्रसार कार्यलयको उदघाटन गर्दै नेता मिश्रले ६४ सालमा सासंद बनाएर पठाउन मधेस पहाड दुबैको सहयोग भएर राज्यमन्त्री समेत भएको बेला बिभिन्न स्थानका सडक कालो पत्रे गर्न सफल भएको तर अझ बिकासमा धेरै पछाडी परेको कपिलबस्तु लाइ अब बाम उम्मेदवारले मात्र बिकास गर्न सक्ने बताउनु भयो ।

बिगतमा मधेसी जनताको हकहितको लागी आन्दोलन गर्दा कथित मधेसी नेताको कारण मधेसी पहाडीको दुरी बढेकोमा त्यसमा आफु समेत दोसी भएकोले सम्पुर्ण पहाडीको साथ बिना मधेस आन्दोलन सफहुन नसक्ने बुझेर काग्रेशको इसारामा चल्ने मधेसी दल हरुले कहिले मधेशको बिकास गर्न नसक्ने बताउनु भयो । बिगतका इतिहास देखी बर्तमान सम्म देशको हित र बिकासमा सधै अग्रसर पाटी एमाले मात्र रहेकोले आफु हरु एमालेको पक्षमा रहेर चुनावमा उत्रेको बताउनु भयो ।

आज पनि केही नेता हरु हिन्दु मुस्लिम मधेसी पहाडीको कुरा गर्दै हिडने गरेकोले त्यस्ता नेता लाइ अब जनताले तहलाउने बताउदै बिगतका आन्दोलनमा पहाडी समुदायको साथ बिनानै मधेस बिकास गर्न खोज्ने गल्ती गरेको र बिभिन्न तिक्तता समेत रहेकोले सम्र्पुण सगँ माफ माग्दै अब नमधेस नपहाड नेपनल र नेपालीको नारा बोकेर बाम गठबन्धनले बिकासका मुहान हरु पस्कनेमा ढुक्क भएर बस्न र बाम उम्मेदवारलाइ बिजयी बनाउन अनुरोध गर्नु भयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रतिनिधी सभा २ का उमेदवार अर्जुन केसीले इश्बरदयाल मिश्राको बारेमा पहाडमा र अर्जुन केसीको बारेमा मधेसमा गलत प्रचार गरिरहेकोले आफना एजेण्डा हरु बोकेर जनताको माझ जान अनुरोध गर्नु भयो ।

हिजो पहाडी समुदायलाइ खेद्छौ भन्ने हरुलेनै अहिले काधँमा बोक्ने दिन आएकोले अब पनि जनता झुक्काउने खेल खेल्न खोजे पनि ति दिन हरु समाप्त भएको बताउनु भयो । बाम गठबन्धन चुनाव जित्न मात्र नभइ देश बिकास गर्न बनेको भन्दै कपिलबस्तुको ३ नम्बर क्षेत्र नमुना बनाएरै छाड्ने बताउनु भयो ।

शिक्षा , स्वास्थ अनिवार्य गर्ने तथा सडक सञ्जाल बिस्तार गर्ने तथा कृषिक हरुकोलागी आत्ननिर्भरका कार्यक्रम हरुलागु गर्ने प्रतिबद्धता ब्यत गर्नु भयो । यस्तै युवा नेता मिर्जा अरसद बेगले बिगतका जातिय युद्ध जस्तै रहेको मधेस र पहाडले सधै पिरोली रहेकोले पनि यो एकता देशको हितकोलागी भएको बताउनु भएको छ । मधेसको बिकास गर्ने उदेश्य बोकेकोले एमालेमा प्रबेस गरेको बताउनु भयो ।

पदमोहको राजनिती गर्ने मान्छे आफु नभएको बताउदै सबै समुदायलाइ बिभेदका कुरा हरु छाडेर अब बाम उमेदवार जाइ जिताउन अनुरोध गर्नु भयो । निर्वाचन परिचालन कमिटी सयोंजक सफर अलि मियाको अध्यक्ष्ता तथा सरद अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काग्रेश परित्याग गरी १२५ जना तथा राप्रपा बाट २५ जना एमालेमा प्रबेश गरेका थिए ।

अर्घाखाँचीमा भोली हुने बाम जनसभाको सम्पुर्ण तयारी पुरा
अर्घाखाचींको प्रदेश सभा २ अन्र्तगत सनिबार हुन गइ रहेको बामगठबन्दनको जनसभाको सम्पुर्ण तयारी पुरा भएको छ । मङसिर २१ गते हुने प्रदेश सभा निर्वाचनको प्रचार प्रसार तथा उम्मेदवारका एजण्डा जनता सामु पुराउने उदेश्यका साथ आयोजना गरिएको जनसभाको तयारी पुरा भए निर्वाचन परिचालन कमिटीका सयोंजक बशन्त श्रेष्ठले जानकारी दिनु भयो ।

बाम उमेदवार प्रति जनलहर रहेको र सम्पुर्ण जनताले बिकास प्रेमी नेता टोप बहादुर रायमाझी लाइ उत्साहजनक रुपमा बिजयी गराउन आतुर भएको जनाएका छन । जिल्लामा हुने बिकास , तथा आफना एजेन्डा जनता सामु पुराउन हुने जनसभामा प्रतिनिधी सभाका उमेदवार टोप बहादुर रायमाझी , प्रदेश सभा २का उमेदवार रामजी

प्रसाद घिमिरे समानुपातिक उमेदवार हरु तथा बिभिन्न केन्द्रिय नेताले सभालाइ सबोधन गर्ने भएका छन शितगंगा नगरपालिका तथा प्रदेशसभा २ र अर्घाखँचीका बिभिन्न स्थान बाट २० हजार बढी जनताको सहभागीता हुने अपेक्षा रहेको नेकपा एमाले शितगंगा नगर सचिव ऋषि घिमिरेले बताउनु भयो ।