पूर्व प्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई राष्ट्रपतिले बोलाइन् शीतलनिवास

काठमाडौं,असार,१०-राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई शीतलनिवास बोलाउनु भएको छ ।

फाईल तस्विर : शीतल निवास

राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले दिएको जानकारीअनुसार कोरोना महामारी, लकडाउन तथा यसबाट सिर्जित समस्याबारे छलफल गर्न राष्ट्रपति भण्डारीले सबै दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीहरूलाई आज बेलुका शीतलनिवास बोलाउनु भएको हो।

‘यो नियमित कार्यक्रमअन्तर्गत नै हो,’ डा. अधिकारीले भने, ‘राष्ट्रपतिज्यूले दलका नेतासँग भेटवार्ता नगरेको ३–४ महिना भयो, यसैकारण आज बेलुकाका लागि बोलाउनुभएको हो।’ तर उहाॅंले कति बजे भने तोक्नु भएन ति अधिकारीले बताउनुभयो ।