थपिए १० जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २६१ पुग्यो

काठमाडौं,बैशाख,१३-नेपालमा विगत २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार ४ हजार ६४ पीसीआर परीक्षणमा ८ जना र १ हजार १६२ एन्टिजेन परीक्षणमा २ जना गरी कुल १० जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ ।यसैगरी, मंगलवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ५५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।