कर्णालीको दुखका दिन अन्त्य गर्न सरकार लागि परेको :प्रधानमन्त्री दाहाल

हुम्ला,पुस ५-प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीको दुखका दिन अन्त्य गर्न सरकार लागि परेको बताउनु भएको छ । हुम्लाको सिमिकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो ।प्रधानमन्त्री दाहालले कर्णालीका जनताको जीवनस्तर उकास्न तथा सुधारका लागि सरकारले विषेश पहल गने बताउनु भयो । उहाँले हुम्लामा जलविद्युत खेल मैदान पर्यटकीय पूर्वाधार निर्माणमा लगायतको योजनामा आवश्यक बजेट विनीयोजन गर्ने घोषणा गर्नु भयो ।सिमीकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे लगत्तै प्रधानमन्त्री दाहालले हुम्लाको हिल्सामा पुल उद्घाटन गर्नु भएको थियो ।

पुल उद्घाटन गर्दै उहाँले तोकिएको समय भन्दा पहिले काम गर्ने कर्मचारीलाई पुरस्कार दिने समत बताउनु भएको थियो ।चीन सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हिल्सा पुल सन्चालमा आएपछि नेपाल चीन जोड्ने अर्को ढोका समेत खुला हुनेछ ।कर्णालीमा पुल नहुादा यसअघि हेलिकप्टरबाट हिल्सा पुग्नुपर्ने र गाडीबाट यात्रा गर्नेले झोलुङ्गे पुल पार गरी सिमासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता समेत रहेको थियो । यो पुल सन्चालनमा आएसँगै मान सरोवर कैलाशयात्रामा जाने तीर्थयात्रीलाई समेत सहज हुने भएको छ ।