नेपाली कांग्रेस बाँकेले उम्मेदवारको टुंगो लगायो

मेयर पदमा कनोडिया, र उपमेयरमा थापा

 मधुपौडेल

बाँके,जेठ,२८-

नेपाली कांग्रेस बाँकेले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी उम्मेदवारको टुंगो लगाएको छ । सो पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा डाक्टर सुरेशकुमार कनोडिया, उपमेयरमा उमा थापामगर, कोहलपुर नगरपालिकाको मेयरमा भानुभक्त भट्टराई र सन्जुकुमारी थारु तथा राप्तीसोनारी

गाउँपालिकाको प्रमुखमा लाहुराम थारु र उपप्रमुखमा धनीकुमारी खत्री, बैजनाथ गाउँपालिकामा देबबहादुर खत्री र भावना चौधरी, खजुरा गाउँपालिकामा नक्की खाँ र दिपा आलेमगर, नरैनापुरमा रामचन्द्र मौर्य र अतिकुल निसा, डुडुवा गाउँपालिकामा नरेन्द्र चौधरी र सायदा बानो तथा जानकी गाउँपालिकामा छब्बन खाँ र रामप्यारी यादवलाई उम्मेदवार बनाएको छ।

क्षेत्रीय कार्यसमितिको सिफारिसमा आएका विभिन्न नामावलीलाई जिल्लाले आफ्नो राय सहित केन्द्रलाई सिफारिस गरेको थियो । सोही आधारमा केन्द्रिय समितिले उम्मेदवारको टुंगो लगाएको कांग्रेस बाँकेका सभापति किरण कोईरालाले जानकारी दिनुभएको छ।

उहाँले उम्मेदवारको टुंगो लागेपछि पार्टीले अब चुनाव प्रचार अभियानलाई ब्यापक रुपले अगाडी बढाउने सभापति कोईरालाले बताउनुभयो ।

कांग्रेसले कस्तो उम्मेदवार चयन गर्छ भन्नेमा बाँकेबासी प्रतिक्षामा थिए । पार्टीभित्र आकांक्षी धेरै देखिएपछि कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको थियो ।

 को हुन् सुरेशकुमार कनोडिया

उम्मेदवारको टुंगो नलाग्दा कांग्रेसले जिल्लामा चुनावी अभियानको काम तिब्र रुपले गर्न सकेको थिएन । उम्मेदवार टुंगो नलाग्दा अधिकांस कांग्रेस नेताहरु राजधानी केन्द्रित भएका थिए, भने केही नेताहरु घरदैलोमा सक्रिय भएका थिए।

टिकटको चर्चा नहुँदै मतदाता भेटघाट तथा घरदैलोमा व्यस्त रहदै आएका नेता कनोडियाले पार्टीले उम्मेदवार टुंगो लगाइसकेपछि एक खालको उत्साह थपिएको बताउनुभयो ।

उहाले भन्नुभयो ‘पार्टीले प्रमुख पदमा उम्मेदवारको टुंगो लगायो, सबैको समन्वयमा चुनावी अभियानलाई ब्यापक बनाउँछौं,’ पार्टीका नेता, कार्यकर्ता तथा भातृ तथा शुभेच्छुक संगठनसँग समन्वय गरेर अगाडी बढ्ने कनोडियाले बताउनुभयो ।

उहाँ विगत लामो समय देखी क्रियाशिल रहदै समाजसेवीको रुपमा रहनु भएको छ । मेयर पदमा खडा हुनु भएका डा. कनोडिया नेपालगंज मेडिकल कलेजका प्रवन्ध निर्देशक समेत हुनुहुन्छ । निकै लामो समय देखी विरामी संग चेक जाचमा लागेका कनोडियाले हरेकको मनमा वस्न सफल भएको पाइन्छ ।

मेयरका रुपमा आफु आउदै गर्दा कनोडियाले अवको आफ्नो उदेश्य भनेको जनताको सेवा र नेपालगंज उपमहानगर पालिका लाई कसरी अगाडि लैजान सकिन्छ । नगरको विकास तथा समृद्ध नै आफ्नो लक्ष्य भएको बताउनुभयो ।

बाहिरी रुपमा हेर्दा पनि डा. कनोडियालाई हामीले निकै मेहिनिती तथा आत्मविश्वासीको रुपमा देख्न सक्छौ । नेपाली कांग्रेसका विषेश व्यक्तित्वको रुपमा रहेका डा. कनोडिया ले आफ्नो विजय सुनिश्चि भएका बताउनु भएको छ ।

विहान मोर्निङ वाकमा हिडेको वेला पनि बाटोमा भेटिएका मानिस संग सधै सन्चो विसंचोका बारेमा सोधि हिड्ने डा. कानोडियाको जनता संगको मित्रता कस्तो भन्ने कुराको अकलन गर्न सकिन्छ ।

यसैविच : उप मेयरका उम्मेदावर थापा विद्यार्थी राजनिति देखी सक्रिय हुदाँ विभिन्न समाजिक कार्यक्रममा एकदमै सक्रिय रहेको पाइन्छ ।उपमेयरका उम्मेदावर थापा पत्रकार पनि हुनु हुन्छ यस अवस्थामा उपमेयरका उमेदवार थापाको विजयबाट नेपालगंज नगरपालिकामा हुने जतिपनि अनिमियता हट्ने आशा आम बाँके वासीले गरेका छन्  ।

त्यसैगरी कोहलपुर नगरपालिकाको मेयरमा भानुभक्त भट्टराई तथा उप–मेयरमा सञ्जु थारुलाई हुनुहुन्छ ।यसैगरी राप्ती सोनारी गाउँपालिकाको प्रमुखमा लाहुराम थारु, र उपप्रमुखमा धनीकुमारी खत्री, र भावना चौधरी ,खजुरा गाउँपालिका मा नक्की खाँ र दिपा आलेमगर लाई उमेम्वार बनाएको छ ।

राप्ती सोनारी गाउँपालिका का थारु नेपाली काग्रेस बाकेका पुर्व जिल्ला उपाध्यक्ष हुनुहुन्छ । खजुरा गाउँपालिका का प्रमुख नक्की खाँ क्षेत्रिय अध्यक्ष रहेनु भएको छ ।उहाको लोकप्रियता खजुरा गाउँपालिका निकै रहेको त्यहाँका स्थानियले बताएका छन ।

यसैविच : खजुरागाउँपालिका उपप्रमुख दिपा आलेमगर विद्यार्थी नेता तथा सामाजीक कार्यमा सधैंव सक्रिय रहदै आउनु भएको छ । उहाँ नेपाल मगर संघको केन्द्रिय उपाध्यक्ष समेत हुनुहन्छ । आकांक्षीहरुको सङख्या धेरै भएपछि काँग्रेसलाई उम्मेदवार टुङ्ग्याउन सकस परेको थियो । अझै पनि केही वडाहरुमा टुङ्ग्याउन बाँकी रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले जनाकारी दिएको छ ।