कांग्रेस परित्याग गरेका खड्का पार्टि प्रवेश गराउने अभियानमा

बाँकेमा फेरी दर्जन भन्दा बढी काँग्रेसी नेता कार्यकर्ताहरु माओवादिमा प्रवेश

मधुपौडेल,

बाँके,जेठ,२८-

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनु भएका बाकेका युवा नेता अमर खड्का पार्टि परिवर्तन गरी माओवादी केन्द्रमा प्रवेश पछि माओवादी केन्द्रको जिल्लाभर संगठन विस्तारमा तिव्र लागेको पाइएको छ ।

नेपाली कांग्रेस बाकेका प्रवाभशालि युवा नेताका रुपमा लिइए खड्काको केन्द्र प्रवेशले कांग्रेसलाई केही नहुने वताइ रहेको वेलामा नेता खड्क र कृष्णा केसी नमुनाको नेतृत्वमा पार्टी प्रवेश गराउने अभियानमा लाग्नु भएको छ ।

शनिवार मात्रै नेपाली कांग्रेस मटैहिया सभापति तथा भुतपुर्ब उप(प्रधान मुनबर अलि मुकेरी पनि माओवादिमा समाहित भएका छन । नेपाली कांग्रेस मुस्लिमका क्षेत्रिय सभापति कयुम मुकेरी फत्तेपुरका   साथै ने.का. का सकृय सदस्य सहजराम कलुवार बिस्नू मौर्य लगएत      दर्जन भन्दा बढी काँग्रेसि नेता कार्यकताहरू माओवादिमा आवद्द भएका छन ।

त्यसैगरि बैजनाथ गाउपालिका (५ बाट नेपाली काङ्ग्रेसको सदस्यता परित्यग गरि चन्द्र बहादुर बुढा मगर सहित १२ जना माओबादी केन्द्रमा प्रवेश गरेका छन । जिल्लाभर संगठन विस्तार अभियान संचालन गरेको माओवादि बाँकेले थुप्रै ब्यक्तिहरू माओवादि केन्द्रमा आवद्द हुन ईच्छुक रहेको बताएको पाइन्छ ।

त्यसैगरि यसैविच राप्ती सोनारि गाउँपालिकास्थित फत्तेपुरको ७, ६, बिनौना ५ बैजापुर ३, ४ कचनापुरमा खड्का, केसी नमुना लगाएतको नेतृत्वमा अभियान संचालन गर्दै आएको पाइएको छ