देउवा सरकारलाई बहुमत जुट्‍यो

माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने अन्तिम तयारी

काठमाडौं,असोज,१९-

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्तको गर्ने तयारी गर्नु भएको छ । एमाले, माओवादी केन्द्रले चुनावी तालमेलसहित पार्टी एकताको घोषणा गरेपछि देउवाले आफ्नो सरकारलाई बहुमत जुटाउने प्रयास थाल्नु भएको थियो ।

आज काँग्रेस नेतृत्वमा बृहत लोकतान्त्रिक गठबन्धनमा सहभागी भएका ६ पार्टीहरु सरकारमा जान तयार भएपछि बहुमत जुटेको हो ।

अहिले देउवा सरकारलाई कांग्रेसका २०७, राप्रपा र राप्रपा प्रजातान्त्रिका ३७, राजपाका २४, लोकतान्त्रिक फोरम १७, संघीय फोरम १५ जना सांसदहरुको समर्थन पुगेको छ । यो संख्या ३०० पुगेको छ । जबकी सरकारलाई सामान्य बहुमतको लागि २९७ जना आवश्यक पर्छ ।

काँग्रेसले नेकपा संयुक्तलाई पनि सरकारमा ल्याउने प्रयास गरिरहेको छ । उसँग ३ जना सांसदहरु छन् । माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरी सरकारको पुर्नगठन गर्नेबारे काँग्रेसले आन्तरिक छलफललाई अन्तिममा पुर्याएको छ । यसबारे निर्वाचन आयोगसँग पनि छलफल गर्ने काँग्रेसको तयारी गरेको छ ।

देउवा स्रोतका अनुसार निर्वाचन आचारसंहितालाई पनि पेलेरै सरकार पुर्नगठन गर्ने काँग्रेसले तयारी गरेको छ । सरकार परिवर्तनबारे उपेन्द्र यादव र कमल थापालाई मनाउन काँग्रेस लागिरहेको छ ।

देउवा निटक काँग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज विहान राप्रपाका अध्यक्षलाई भेटेर छलफल गरेका थिए । सके अाजै नभए भोलिसम्ममा माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने बालुवाटार स्रोतले बताएको छ । स्रोत : अनलाईन डबली