आयोगले सोध्यो सत्ता गठबन्धन निकट पत्रकार संगठनलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं,बैशाख,२५-निर्वाचन आयोगले सत्ता गठबन्धन निकट रहेका पत्रकार पत्रकार संगठनहरुसंग २४ घण्टे स्पष्टकिरण सोधेको छ ।

सत्ता गठबनधन निकट रहेका पत्रकार संगठनका अध्यक्षहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गरेका थिए । सो आग्रह निर्वाचन आचार संहिता विपरित भएको भन्दै त्यसलाई लिएर आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर प्रष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।