माओवादीको सरकारमा बस्ने नैतिक आधार समाप्त भएको कांग्रेसको निष्कर्ष

काठमाडौं, असोज १९-

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट पठाउने व्यक्तिको नाम टुंगो लगाउन सकेन ।

कार्यसम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट पठाउने दुई व्यक्तिकाबारेमा छलफल भएपनि नाम सिफारिस गर्न सकेन ।

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबाहेकका पार्टीलाई समेटेर बनेको लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउने विषयमा बैठकमा छलफल भएको थियो ।

त्यसैगरी, सरकारको विषयमा पनि बैठकमा छलफल भएको थियो ।सत्तासाझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी एमालेसँग गठबन्धन गरेपछि सरकारमा बस्ने नैतिक आधार समाप्त भएको निष्कर्षमा बैठक पुगेको नेता अर्जुननरसिंह केसीले बताउनुभयो ।

उहाँले अरु दलबाट नाम सिफारिस भएपछि नेपाली कांग्रेसले पनि आजै बस्ने अर्को बैठकले नाम टुंग्याउने जानकारी दिनुभयो । ईमेज खबरबाट