एक नम्बर प्रदेशमा रहेका झापा, मोरङ र सुनसरी टुक्र्याउन नहुने :सभापती देउवा

सुनसरी,मंसिर १८-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्ताव मधेसी मोर्चाको नभइ मधेसी जनताका माग सम्बोधन गर्न ल्याइएको जिकिर गर्नुभयो । सुनसरीको लौकही गाविसमा आज आयोजित एक कार्यक्रममा कांग्रेस सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी पनि गर्नुभयो ।

उहाँले मधेसी जनताको साथ नेपाली कांग्रेसलाई भएकाले उनीहरुका माग पूरा गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभापति देउवाले एक नम्बर प्रदेशमा रहेका झापा, मोरङ र सुनसरी टुक्र्याउन नहुने बताउनुभयो । जनताको भावनाअनुसार ती तीनओटै जिल्ला एक नम्बर प्रदेशमै कायम रहने उहाँले बताउनु भएको थिया ।े