फाँटामा भैलो कार्यक्रम समापन ७५प्रतिशत रकम सामाजिक कार्यमा

रोशन घर्ति
घोराही,मंसिर,१८-दाङको काभ्रे गाविस वडा २ फाटामा  शनिबार भैलो कार्यक्रम समापन भएको छ । सप्तरङगी युवा क्लवले तिहारको देउसी भैलो शुक्रबार एक कार्यक्रम गरी समापन गरेको हो । सप्तरङगी युवा क्लबका अध्यक्ष खडक पुनको अध्यक्षता तथा समाजसेवी खुमान घर्तिको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।  कार्यक्रम क्लवले देउसी भैलो बाट संकलित रकमलाई सामाजिक कार्यमा सङलन भएको रकम मध्ये ७५ प्रतिशत रकम सामाजिक कार्यका लागि आवश्यक पर्ने साउण्ड सिष्टम ,कुर्सी ,विवाह पार्टिका लागि आवश्यक पर्ने भाडाकुडाको खरिद लगायतका सामाजिक कार्यमा लगाएको क्लबका सचिब पुष्पा पुनले बताउनुभयो।कार्यक्रमका बोल्ने वक्ताहरुले देउसी भैलोले नाचगान साथै रमाईलो गर्दै समाजको लागि राम्रो काम गरेको र आफुहरु पनि समाजको सकारात्मक पक्षमा अगाडि बढ्ने बताउनु भएको थियो ।

kavere vdcक्लबका सदस्य दुर्गेश घर्तिको आफ्नो रचनामा एकल गितबाट रमाईलोमा तिर प्रवेश गरेको कार्यक्रममा अझै रमाइलो बनाउँनका लागि खडक पुन , मुमान घर्ति, भेगु पुन ,अमिता पुन ,कुमारी पुन,पुष्पा पुन,आशा घर्ति , ममता पुन,प्रियङका घर्ति, नारायणि पुन ,नारायणी घर्ति,विष्णु थापा ,विवेक घर्ति,शोभाराज परियार,जिेवे रोका लगायतका अन्य थुप्रैले  एकल तथा सामूहिक नृत्य प्रस्तुत गर्नु भएको थियो । त्यस अवसारमा सामुहिक नाच “साईली माईली” बोलको सालैजो दर्शक खुबै मन चोरको थियो साथै उक्त गितलाई अत्यन्तै धेरै मन पराएर नेम बहादुर घर्ति र ले आथिर्क सहयोग समेत गर्नुभएको थियो । क्लवले समाजलाई रुपान्तरण गर्नको लागि महिला हिशां  सम्वन्धीको जनचेतनामुलक नाटक पनि प्रदर्शन गरेको थियो ।

kavere vdcकार्यक्रममा श्री आधारभुत विद्यालय फाटाका व्यवस्थापन समितिका अध्यक्ष मुमान सिंह घर्ति ,आधारभुत विद्यालय फाटाका प्रधानाध्यापक तिलका पुन,प्रगतीशिल सहकारी सस्थाका अध्यक्ष जानका घर्ति,काभ्रे स्वास्थ्य चौकीका स्वयसेवक हुकुमा रोका ,मौवालेक सामुदायिक वनका अध्यक्ष शिवराज परियार ,आधारभुत विदयालय फाटाका सदस्यद्धय बोदिलाल परियार र शिवराज पुन , वृद्ध व्यक्ति  केदार परियार लगायतका ले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । ।कार्यक्रममा सचारकर्मी रोशन घर्तिले दर्शकलाई हसाउनका लागि आफनो चोटिलो ब्यङग प्रस्तुत गरेर दर्शकलाई हसाउने प्रयास गर्नु भएको थियो । कार्यक्रममा हजारौ दर्शकको उपस्थित समेत रहेको रहको थियो । क्लब कोषाध्यक्ष कुमारी पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण क्लबका पुर्व अध्यक्ष घनु जिएम  गर्नु भएको थियो ।