नेपाल पत्रकार महासंघ बाँकेको नेतृत्वद्वारा नयाँ सदस्यता वितरणमा मनपरी गरेको भन्दै चर्को विरोध

नेपालगन्ज, मंसिर १८ –नेपाल पत्रकार महासंघ बाँकेको नेतृवले नयाँ सदस्यता वितरणमा मनपरी ढंगले सिफारिस गरेको भन्दै चर्को विरोध भएको छ ।
रोल ……………………..
महासंघ बाँकेको नेतृत्वले पार्टीको ईसारामा लागेर एकलौटी निर्णय गरेको भन्दै पत्रकारसँग सम्वन्धित संघ संगठन विरोधमा उत्रिएका हुन् । महासंघको कार्यशैलीको विरोध गर्दै नेपाल प्रेस युनियन बाँकेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी तत्काल सर्वपक्षिय बैठक बोलाई गम्भिर गल्ती सच्याउन पत्रकार महासंघ बाँकेको नेतृत्वलाई आग्रह गरेका छन् । उनले ४८ घण्टाभित्र समाधान नखोजिए युनियनले विरोधका सशक्त कार्यक्रम गर्ने चेतावनी दिएका छन् । युनियनका सम्पूर्ण सदस्यहरुलाई सचेत अवस्थामा रहन आह्वान गर्दै यस अभियानमा समर्थनका लागि महासंघका सम्पूर्ण सदस्यहरुलाई आग्रह गर्दछौं भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 विज्ञप्तीमा
भनिएको छ, सदस्यताबाट बञ्चित गर्न खोजिएका सञ्चारकर्मीहरुलाई निराश नहुन आग्रह गर्दै युनियन बाँके सदैव यहाँहरुकै साथमा रहने विश्वास दिलाउन चाहन्छौंं  , विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघ  महासंघको कार्यसमिति सदस्य, सल्लाहकारहरुलाई समेत कुनै जानकारी नदिई अज्ञात स्थलमा बसेर राजनीतिक आग्रह पुर्वाग्रहका आधारमा सदस्यता वितरण गरेर व्यवसायिक पत्रकारलाई सदस्यताबाट वञ्चित गर्ने वर्तमान नेतृत्वको हर्कतको युनियन बाँके कडा शब्दमा निन्दा र भत्र्सना गरेको उल्लेख छ ।

१५ दिनअघि विना निष्कर्ष स्थगित भएको बैठक पुनः नबसी मनपरी ढंगले सदस्यतामा गरिएको सिफारिस कुनैपनि हालतमा मान्य नहुने युनियनले चेतावनी दिएको छ ।पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठन भएको भन्दै यसलाई कुनै अमूक पार्टीको भातृ संगठन बनाउन खोज्ने वर्तमान नेतृत्वको जति निन्दा गरेपनि कम हुने अध्यक्ष शाहले उल्लेख गरेका छन् । व्यवसायिक पत्रकारहरुलाई पाखा लगाएर एकलौटी ढंगले सिफारिश गरिएका सदस्यता कुनैपनि हालतमा मान्य नहुने भन्दै यसका लागि युनियन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी दिएका छन् ।
यसैबिच
जिल्लामा क्रियासील रुपमा लागेका पत्रकारहरुले आफूहरुले सदस्यता नपाएको विषयमा नेपाल पत्रकार महासंघ बाँकेसंग जवाफ माग गर्ने भएका छन् । महासंघले गैर पत्रकारहरुलाइ सदस्यता दिएको तर आफूहरु क्रियासील रुपमा पत्रकारीता गर्दै आइरहेको भए पनि सदस्यता नदिएको भन्दै जवाफ माग गर्ने सामुहिक तयारी गरिरहेको नयाँ सदस्यताका लागि आवेदन दिएकाहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको नेतृत्वले पत्रकार महासंघ बाँकेको कार्य समितिमा रहेका प्रेस युनियन आबद्ध ३ जना कार्यसमिति सदस्य र महासंघका सल्लहाकारलाइ समेत सदस्यताका विषयमा गुमराहामा पारि एकलौटी रुपमा निर्णय गरेको उनीहरुको भनाइ छ ।

नयाँ सदस्य कस्ले पायो भन्ने विषयमा आफूहरुलाइ अहिले सम्म पनि माइन्यूट हेर्न दिइएको छैन, नेपाल पत्रकार महासंघ बाँकेकी कार्य समिति सदस्य तथा महिला विभाग प्रमुख अमृता के सीले भनीन् । अध्यक्षलाइ पटक पटक फोन गर्दा फोन नउठाउने गर्नुभएको छ । के सीले भनीन् । सचिव तिलक गाउँलेलाइ सोध्दा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा क्षेत्रिय संयोजक झलक गैरेको ठाडो निर्देशनमा अध्यक्ष र सचिवले मात्रै नयाँ सदस्यताका विषयमा निर्णग गरेर पठाउनु भनेपछि निर्णय गरी पठाएका हौं भन्ने जवाफ आयो ।

मलाइ निर्णय गरेको माइनट हेर्न दिनु भन्दा अध्यक्षसंग छ भन्ने अध्यक्षले फोन नउठाउने , भेट्दा क्षेत्रिय संयोजकलाइ सोध भनेर अहिले सम्म पनि गुमराहामा राखीरहेको के सीले भनाइ छ । पत्रकार महासंघले नयाँ सदस्यता वितरणका लागि २०७३ कात्तिक ३० गते दिउँसो १ बजे देखि राती ११ बजे सम्म बैठक बसेको थियो । गैर पत्रकारलाइ सदस्यता दिने भन्दै महासघंको सचिवालय गठन गरेको जानकारी समेत नदिइ सचिवालयले निर्णय गरेका ३१ जना पत्रकारहरुको नाममा गैर पत्रकारलाइ सिभारिस गरिएको र क्रियासील रुपमा काम गरेका पत्रकारहरुलाइ छुटाए पछि बैठक बिना निष्कर्ष स्थगीत भएको थियो ।

त्यस पश्चात बैठकको कुनै सुचना समेत नदिइ अज्ञात स्थलमा बसी १५ गते राती एकलौटी रुपमा बैठक समेत नढाकी निर्णय गरि पठाइएको कुरा बाहिर आएको हो । अहिले सम्म पनि महासंघ नेतृत्वले सिभारिस गरेका व्यक्तिहरुको नामावली सार्वजनिक गरेको छैन् । हाल पत्रकार महासंघ बाँकेमा नेकपा एमाले निकट प्रेस चौतारीबाट प्रतिनिधित्व गर्ने कार्यसमितिमा अध्यक्ष सहित बहुमत भएको भन्दै एकलौटी निर्णय गरेको कुरा बाहिर आएको हो ।