राजपाको घोषणाः निर्वाचन रोक्न सशक्त आन्दोलन

काठमाडौ,जेठ, १३-

राष्ट्रिय जनता पार्टीले आगामी जेठ ३१ गते स्थानीय तहको निर्वाचनलाई सशक्त प्रतिकारका साथ रोक्ने घोषणा गरेको छ ।

पार्टीका अध्यक्षमण्डलहरुको वुधवारवाट वसेको वैठकको अन्तिम दिन शुक्रवार राजपाले संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा, पार्टी दर्ता, चुनाव चिन्ह र मधेश आन्दोलनका

क्रममा लागेको सरकारवादी मुद्दा फिर्ता लगाएतका सत्तापक्षले गरेको प्रतिवद्धता कार्यान्वयनमा नआएको भन्दै जेठ ३१ गतेको निर्वाचन विथोल्ने निर्णय गरेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।