शिवसेनाका केन्द्रीय अध्यक्ष श्रेष्ठद्वारा पदबाट राजिनामा

बाँके, असार,५-

नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष मनोज श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । श्रेष्ठ आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालबाट नेपालगन्ज २ मा वडा अध्यक्षका उम्मेदवार हुन् ।

राप्रपा नेपालबाट वडा अध्यक्षको उम्मेदवार भईसकेपछि श्रेष्ठले शिवसेनाको केन्द्रीय अध्यक्षको पदबाट राजिनामा दिएका हुन् ।श्रेष्ठसँगै अन्य २ जना केन्द्रीय पदाधिकारीहरुले पनि पदबाट राजिनामा दिएका छन् ।

नेपाल शिवसेनाका केन्द्रीय कार्यबाहक अध्यक्ष राजकुमार रौनियार र केन्द्रीय सदस्य किशोर लामाले पनि पदबाट राजिनामा दिएका छन् ।

२०५४ सालको स्थानीय निकायमा सहभागी भएको शिव सेनाले त्यसबेला विजयी उम्मेदवारहरुलाई कडा टक्कर दिएको थियो । यसपटकको निर्वाचनमा भने शिवसेना औपचारिक रुपमा सहभागी भएको छैन् ।