विश्वकपको सर्वोत्कृष्ट खेलाडीमा लुका मोड्रिच

एम्बाब्पे योङ प्लेयर अफ द टुर्नामेन्ट घोषित

काठमाडौ,असार,३१-

रसियामा सम्पन्न यस वर्षको विश्वकप फुटबल खेलमा क्रोएसियाका कप्तान लुका मोड्रिचले यो विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भएका छन् । रसियाको मस्कोस्थित लुझिन्की रंगशालामा भइरहेको विशवकप उपाधि वितरण कार्यक्रममा मोड्रिचलाई उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गरिएको हो । 

त्यसैगरी फ्रान्सका १९ वर्षीय स्ट्राइकर एम्बाब्पे योङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । कुनै बेला नेपालसँगै फिफा वरियतामा रहेको क्रोएसिया यो विश्वकपमा मोड्रिचकै प्रेरणादायी प्रदर्शनमा फाइनलसम्म पुग्न सफल भएको हो ।