कतार च्यारिटी र समाज कल्याण परिषद बिच पाँचबर्षे एकिकृत परियोजनामा हस्ताक्षर

अरब मूलुकको पहिलो गैह्र सरकारी संस्था नेपालमा

आलम खान
नेपालगंज,जेष्ठ,२५-

अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था कतार च्यारिटी र समाज कल्याण परिषद, नेपाल बिच बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । कतारको सामाजिक संस्था,कतार च्यारिटी र समाज कल्याण परिषद, नेपालविच नेपालमा आगामी पाँचवर्षका लागि “एकिकृत विकास कार्यक्रम नेपाल”नामक परियोजनामा हस्ताक्षर गरिएको समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्टले बताउनु भयो ।


कतार च्यारिटीका कन्ट्रि डाइरेक्टर, मोहम्मद तैमुर साकिबले पाँच बर्षिय परियोजनामा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, खानेपानी,जिविकोपार्जन,र उद्यमशिलताका कार्यक्रमहरु नेपलाका संचालन गर्न लागेको बताउनु भयो ।

कतार च्यारिटीका साकिबले परियोजनाले सिपमुलक व्यावसायिक तालिमबाट युवाहरु मा क्षमता विकास गर्दै स्वरोजगार र उद्यमशिलताका लागि साना तथा मझौला व्यवसाय स्थापनामा सहयोग गर्ने, साथै स्वास्थ्य, सरसफाई तथा खाने पानी परियोजनाले आवस्यकता बमोजिम संस्थागत तथा घरायसी खाने पानीका सुविधाहरुमा सहयोग गर्ने उद्देश्य लिएको बताए ।

परियोजना ब्यवस्थापक इर्शाद अलि शेखले,शैक्षिक संस्थामा सुरक्षित र स्वस्थ वातावरणका लागि यो परियोजना केन्द्रित रहने बताउदै कतार च्यारिटीको सामुदायिक पुर्वाधार विकास काकार्यक्रमहरुले शिक्षा तथा स्वास्थ्य क्षेत्रको सम्पन्नता का लागि विशेष ध्यानदिने बताए ।

साथै गुणस्तरिय शिक्षाको लागि गरिब तथा जेहेन्दार विद्यार्थी तथा अनाथबालबालिका लागि छात्रवृति प्रदान गरि शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्ने जिकिर गर्नु भयो ।

अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्थामध्येको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माणका कार्यहरु सञ्चालन गर्दै आइरहेका रहेका बेला नेपालमा प्रबेश गरी बेरोगराीलाई न्युनिकरण गर्ने उद्देश्यले संचालन गर्न लागेको पाँच वर्षिय परियोजनाले जनतालाई फाईदा पुग्ने परिषदका सदस्य सचिव भट्टले बताउनु भयो ।

कन्ट्रि डाइरेक्टर, तैमुरले संस्था स्थापनाकाल देखि नै विश्व व्यापी गरिबी सँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनु भएको थियो । अरब मुलुकको गैह्र सरकारी संस्था नेपालमा बिधिवत रुपमा सरकार संग अनुमति लिएर काम गर्न लागेको यो पहिलो संस्था भएको परिषदले जनाएको छ ।