लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ द्वारा प्रशिक्षण तालिम सम्पन्न

के-पी-घिमिरे/
नेपालगन्ज,साउन,१-
बाँकेको नेपालगन्जमा अाज लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ द्वारा लायन्स क्लबका अध्यक्ष , प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई प्रशिक्षण दिएको छ ।लायन्स‍ एरिया ६ अन्तर्गतका लायन्स क्लबका पदाधिकारी , जोन चियर मेनहरुलाइ एरिया ६ का २०१८/२०१९ का गभर्नर लायन्स सुनिल अोझा, बरिस्ठ सल्लाहकार लायन्स मुकुट ढकाल लगायतकाले प्रशिक्षण दिनु भएको थियो   ।

उक्त प्रशिक्षणमा अध्यक्ष लगायतका पदाधिकारीले गर्नु पर्ने कामहरु, अाफ्नो क्लबलाई कसरी उत्कृष्ट बनाउने, कसरी सदस्यहरुलाई सक्रिय बनाउने, कसरी रकम संकलन गर्ने, कुन कुन बिधामा लायन्सले काम गर्ने जस्ता विषयमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रम एरिया ६ का चिप लायन्स सन्तोष पौडेलको अध्यक्षतामा, प्रमुख अतिथि लायन्स गभर्नर सुनिल अोझा, पूर्व गभर्नर मधुसुधन शर्मा, पास्ट गभर्नर शेम शाक्य, सल्लाहकार मुकुट ढकाल, जोन चियर मेन जिवनारायण बेल्बासे, बरिस्ठ सल्लाहकार लायन्स शशि स्वार लगायतका व्यक्तिहरुले अतिथिको अासन ग्रहण गर्नु भएको थियो । कार्यक्रममा नेपालगन्ज लायन्स क्लब अफ एभरेस्ट लगायतका २७ वटा क्लब र लियो क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो ।