सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, गोली लागेर एकको मृत्यु

काठमाडौं,जेठ,३०-सर्लाहीको नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

फाईल : तस्विर

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको छ । त्यस क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

गोली लागेर मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनामा तीन जना सशस्त्र प्रहरी र भारतीय पक्षका दुई जना घाइते भएका छन् ।

प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए ।

उनीहरुलाई फर्काएको केहीबेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ । ईमेजबाट