अबको बाटो आर्थिक सम्बृद्धिको : युवा नेता पाण्डे

रमित बि.क.

बाजुरा,जेष्ठ ३१,

व्यबस्थापिका सांसद एवंम नेपाली कांग्रसका केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले नेपाली कांग्रेसको अबको बाटो आर्थिक तथा समाजिक समृद्धिको रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बझाङ्ग शाखले मंगलवार विहान बझाङ्गको चैनपुरमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै यस्तो बताउनुभएको हो ।

नेपाली कांग्रेसले विगतमा राष्ट्रिय राजनीति परिवर्तनका लागि राजनीतिक एजेण्डाको अगुवाई गर्दे देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेस गरिसककोले नेपाली कांग्रेसको अबको दिशा जनताको आर्थिक सम्बृद्धिमा रहेको बताउनुभएको छ ।

नेपाली कांग्रसलाई नै मतदाताले मतदान गर्ने मुख्यतया ३ अधार रहेको बताउनु हुदैँ पहिलो संविधान कार्यान्वयन, दोस्रो देशको आर्थिक समृद्धि र तेस्रो राष्ट्रिय एकता लाई मध्यनजर गर्दै मतदाताले नेपाली कांग्रेसलाई नै जिताउने छन् नेता पाण्डेले भन्नुुभएको हो । हामी ठुला ठूला सपना बाँडेर जनतालाई भ्रममा फाल्दैनौं सक्ने जति योजना बाँड्रछौं र काम गरेर देखाउँछों नेता पाण्डेले भन्नुभयो ।

एक फरक प्रसंगमा कांग्रेसलार्ई भोट दिए बृद्ध भत्ता काट्ने भन्ने झुट र अफबाह एमालले फैलाएको ले त्यो निराधार भएको भन्दै बृद्धभत्ता र सामाजिक सुरक्षा भत्ता झन दोब्बर बनाउने पहिले नै भनिसकेको छ पाण्डेले भन्नुभयो । देशको ढुकुटीबाट बृद्धबृद्धालाई दिने भत्तामा राजनितिक नगर्ने आग्रह पनि गर्नु भएको छ ।

पत्रकार सम्मेलन नेपाल प्रसुनियन बझाङ्ग शाखाका अध्यक्ष जगदिश रोकायाको अध्यक्षतामा सम्पन्न भएको थियो । नेता पाण्डेले बझाङ्गको थलारा मालुमेला,तलकोट र दुुर्गाथाली गाउँपालिको चुनाबी सभालाई सम्बोधन गर्नु भएको छ भने । आज नेपाली कांग्रेस खप्तड छान्ना गाउँपालिकाले ले आयोजना गरेको कालुखेतीको चुनावी सभालाई सम्बोधन समेत गर्नुभएको छ ।