निर्वाचन आचारसंहिता उल्लघन नगर्न जिल्ला निर्वाचन कार्यालय बाजुराको अनुरोध

रमित बि.क.

बाजुरा,जेष्ठ ३१-

जिल्ला निर्वाचन कार्यलय बाजुराले निर्वाचन आयोगको आचार संहिता उल्लघन नगर्न दलहरुलाई जानकारी गराएको छ । राजनीतिक दलका प्रतिनीधिको उपस्थितीमा गत आईतवार दिउसो जिल्ला प्रसासन कार्यालय बाजुरामा भएको सर्बदलीय बैठकको सहमती अनुसार: आचारसंहिता उल्लघन नगर्न सार्वजनिक सूचना जारी गरिएको जिल्ला निर्वाचन अधिकृत शुुभद्रा शर्मा गौतम द्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

निर्वाचन आचारसंहिता सम्बन्धी यस अघि भएका प्रतिवद्धता पूर्णरुपमा पालना गर्ने दलहरुले हस्ताक्षर गरेको बताइएको छ । चुनाव चिन्ह अंकित टोपी टिसर्ट,झोला मतदातालाई नबाँड्ने सहमती भएको सूचनामा उल्लेख छ । आचारसंहिता उल्लघन हुनेगरी काम कारवाही सञ्चालन भएमा निर्वाचन आचारसंहिता २०७३ अनुसार कारवाही हुने ब्यहोराको सूचना प्रकासित भएको बताइएको छ ।

औपचारीकतामा आधारित सूचना प्रकासित भएपनि जिल्लाका प्रत्येक नगर र गाउँपालिका का अध्यक्षले लगायत वडा अध्यक्षका उम्मेदवारले सहित टापी भेष्ट वितरण गरेका छन् । यसै वीच मतदाताले भने ३ वटै दल ,नेपाली काग्रेस नेकपा एमाले र माओवादी केन्द्र लगायतका दलका टिसर्ट र भेष्ट समातेको बताएका छन् । नाम नभन्ने सर्तमा एक मतदाताले भनेः असार आएको छ रोपाइँंका लागि टोपी र भेष्ट पाएका छौं अव हापपाईन्ट पनि वितरण गरे राम्रो हुन्थ्यो मतदाताले बताएका छन् ।