काँग्रेस सभापतिको दोस्रो चरणमा सिंह र विमलेन्द्र निधीले देउवालाई सघाउने

काठमाडौं,मंसिर,२८-नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि प्रकाशमान सिंह र विमलेन्द्र निधीले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने हुनुभएको छ ।

पहिलो चरणमा सभापतिका उम्मेदवार देउवा,सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा सभापतिका लागि निर्वाचन हुन लागेको हो ।कसैको पनि बहुमत नआएपछि देउवा सिंहसँग भेटवार्ताका लागि सिंहको निवास चाक्सीबारी पुग्नु भएको थियो । देउवासँगको भेटवार्तापछि सिंहले आफूले देउवालाई सघाउने बताउनु भएको हो।

देउवाले पार्टीमा सुधार र कार्यशैली परिवर्तन गर्ने आश्वाशन दिएकाले सिंहले देउवालाई सघाउने निर्णय गर्नुभएको सिंह निकट एक नेताले जानकारी दिनुभयो ।

 

यसैबिच:निधीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा उनकै निवास पुग्नुभएको छ।भेट पछि सभापतिको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनु भएको छ।दोस्रो चरणको निर्वाचन आजै दिउँसो साँढे ३ वजेदेखि हुने भएको छ ।