अर्घाखाँचीका वन्दकर्ताहरुद्धारा समाचार सँकलनमा पत्रकारलाई अवरोध

अर्घाखाँची,पुस २-अर्घाखाँचीका वन्दकर्ताहरुले समाचार सँकलनमा रहेका पत्रकारलाई अवरोध गरेका छन् ।अखण्ड पाँच नं प्रदेशको लागि भैरहेको आन्दोलनको क्रममा आह्वान गरिएको आमहड्तालको दोस्रो  दिन आन्दोलनकारीहरुले समाचार संकलनको क्रममा रहेका पत्रकारलाई अबरोध गरेका हुन् ।नयाँ एफ.एम.मा समाचार संकलन, बाचन तथा कार्यक्रम संचालन गर्ने पत्रकार सुदिप केसीलाई समाचार संकलनको क्रममा अवरोध गरिएको हो ।जिल्ला सदरमुकाम नजिकै रहेको फुदवाङबाट नयाँ एफ एमको स्टुडियो तर्फ जाँदै गर्दा बाटोमा आन्दोलनकारिहरुले मोटरसाईकल रोक्दै अभद्र व्यवहार गरेको पत्रकार केसीले जानकारि दिनुभयो ।

मोटरसाईकल नियन्त्रणमा लिएका आन्दोलनकारिहरुले अलि पर पुराई टायरको हावा फुस्काएपछि बाईकको चावि वुझाएका थिए ।सडकमै वाईकको हावा फुस्किएपछि ईन्तु न चिन्तु भएका केसिले नजिकै रहेको एक घरमा बाईक राखेका छन् । प्रेस लेखिएको वाईकमा रहेका केसिले नयाँ एफ।एमको पत्रकार हु भन्दा भन्दै जवरजस्त गरिएको केसीले जानकारि दिनुभयो । पत्रकार माथि गरिएको अभद्र व्यवहारको नयाँ एफएम  घोर निन्दा एवं भ्रत्सना गर्दछ ।