जातजातिका नाममा मुलुकको विखन्डन गर्ने षड्यन्त्र’

काठमाडौं, पुस २-  बाह्यशक्तिको चलखेलका कारण मुलुकको अखन्डता खतरामा पर्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।२९५औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिले शनिबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले बाह्य हस्तक्षपबाट मुलुकलाई मुक्त गराउनुपर्ने बताउनुभयो ।

उनीहरुले त्यसका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा नेकपा एमालेका नेता लालबाबु यादवले जातजातिका नाममा मुलुकको विखन्डन गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।उनले राष्ट्रियताको जगेर्नाका लागि पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई पालना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।साभार ईमेज खबरबाट ।।