जेठ मसान्त सम्म बाजुराको विकासे योजनाको ८० प्रतिशत काम सम्पन्न

रमित बि.क.

बाजुरा,जेष्ठ ३१-
बिकासमा पछाडी पारिएको भनिएको बाजुराको विकासे बजेट यो वर्ष सिघ्र कार्यान्वयन भएको बताईएको छ । बाजुराका झण्डै ७ सय बढि आयोजना मध्ये जेठको अन्तिम सम्म ८० प्रतिशत काम सम्पन्न भएको जिल्ला समन्वय समितिका संयोजक एवं साविकका स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनुभएको छ ।

जिल्लामा सञ्चालित योजना मध्ये प्राःयजसो योजना मठ मन्दीर र खाने पानी,सिचाँई र बाटोमा रहेका छन् । विद्युत सडक,कृषी झोलुगे पूलमा अलि ठुला आयोजना रहेका छन् । त्यस्तै ¥याप थ्रिको १९ करोड र ड्रि«लिपको १८ करोड रुपैंया बराबरको रकम सडकमा खर्च भएको छ । उक्त सडक याातयात सञ्चालन गर्न लायकपनि छन् पोडेलले बताउनुभएको छ ।

अरु आयोजना भन्दा यि आयोजना प्रभावकारी छन् । पोडेलले भन्नुभयो ः जिल्लामा केही नमुना काम भएका छन् १० लाखको ईष्टिमेट भएकामा २० लाखको काम पनि भएको छ । यस्तो काम सदरमुकाम मार्तडी स्थित मालिका माध्यामिक विद्यालयको प्याराफिट निर्माणमा भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख जंगवहादुर थापाले बताउनुभएको छ ।

बाँकी साविकको जिविस आयोजनामा विगतमा कति बजेट थियो र कति खर्च भयो सोको यथार्थ विवरण भने जिल्ला समन्वय समितिका लेखापाल खोम बहादुर खालिंङ्ग राईले देखाउन सक्नुभएन,के कति बजेट खर्च भयो त भन्दा जिविससंग सफ्टवयर छैन अहिले देखाउन सकिदैन हाँसोमा उडानुभएको छ ।