मेस्सीले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गर्ने

फाईल तस्विर: बार्सिलोना स्टाईकर निओनल मेस्सी !!

एजेन्सी,असार,३०-स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने भएका छन् ।अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोना पाँच वर्षे नयाँ सम्झौता गर्ने पक्का भएको गोल डटकमले जनाएको छ ।

नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको बताईएको छ । तर, मेस्सीको ५० प्रतिशत तलब कतौनी हुने बताईएको छ ।

क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । तर, मेस्सी जुन ३० बाट फ्री एजेन्ट बनेका थिए ।

मेस्सी क्लबसँगको सम्झौता नवीकरण नगरी कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले कोपा समेत जितिसकेका छन् ।

Image

बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबलाई राख्न निकै प्रयत्न गरिरहेका थिए । उनको चुनावी नारा नै मेस्सीलाई क्लबमा राख्ने रहेको थियो ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सीले बार्सिलोनाबाट सबै उपाधि जितिसकेका छन् । ३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।खेलपाटी