जापानको सिओई किन रिजेक्ट हुन्छ ? भिडीयो सहित

फाईल तस्विर : गुगलबाट साभार !!

टोकियो,जापान,भाद्र,४-नेपाल देखि अध्ययनको लागि पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य जापान बनेको छ। आफ्नो उच्च शिक्षा हासिल गर्नका लागि अहिले प्राय नेपाली विद्यार्थीले जापानलाई नै रोज्दै आएका छन्।

जापान भविश्य सुनिश्चित गर्ने ठुलो सम्भावना भएको देश हुनाले नेपाली विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन्। 

आज हामीले हाम्रो युटुब च्यानल डुलुवा (Duluwa) मा राखिएका भिडीयोमा अत्याधिक सोध्नु भएको जापानमा अध्ययनका लागि डकुमेण्टमा के कुराको अभाव भएमा सिओई (COE)लेटर रिजेक्ट हुन्छ त भन्ने प्रश्नको विषयमा हामीले जाने बुझे अनुसार तपाईहरु समक्ष केहि बुदाँगत रुपमा राखेका छौ,यो छोटो अनि समय सान्दर्भीक कुरा पढेपछि तपाईहरुलाई केहि न केहि सहयोग पुग्नेछ भन्ने आशा गरेका छौ ।  

सिओई(COE) लेटर किन रिजेक्ट हुन्छ ?

१. जापान अध्ययनको लागि डकुमेन्टमा नाम गल्ती भएमा ।।

-जापान अध्ययनका लागि तपाईले बनाउनु भएको कुनै पनि डकुमेन्टमा तपाईको नाम तपाईको अन्य डकुमेन्टमा नमिलेको खण्डमा सिओई लेटर आउदैन अर्थात रिजेक्ट हुन्छ!त्यसो त धेरैलाई लाग्न सक्छ मेरो नाम त ठिकै थियो तर किन गल्ती भो भन्ने लाग्छ भने तपाईको शैक्षिक डकुमेन्ट र अन्य डकुमेन्टमा तपाईको नामको अल्फाबेट अक्षर एउटामा ठुलो र अर्कोमा सानो भएमा त्यस्तो अवस्थामा संका लागेर रिजेक्ट गर्ने अथाव भिषा दिने सम्भावना धेरै कम हुन्छ! 

२. तपाईको बुवाको थर र तपाईको थर नमिलेमा ।।

-डकुमेन्ट बनाउदा तपाईको बुवाको थर मानौं उदाहरणको लागी राना मगर छ तर तपाईको राना अथवा मगर मात्र छ भने पनि सिओई रिजेक्ट हुने सम्भावना धेरै हुन्छ ।

३. तपाईको परिवारको वार्षिक आम्दानी देखाउदा नमिलेमा ।।

-भन्न खोजेको के हो भने तपाईले आफ्नो घरको वार्षिक आम्दानी देखाउदा डकुमेन्टमा माथी वार्षिक लेखिपनि तल एक महिनाको,तिन महिनाको, जस्ता विवरण राख्दिदा पनि समस्या आउछ ।

४. पढाई ग्याप अर्थात लामो समय सम्म कलेज छोड्दा ।।

-मैले बुझेको अहिले सम्म धेरै जनाको सिओई रिजेक्ट हुनुको प्रमुख कारण यसैलाई भनिएको छ, तर त्यो कदापी होईन किनभने तपाईले कलेज त ग्याप गर्नु भयो नै तर त्यो कलेज ग्याप गरेको अर्थात कलेज छोडेको विचको समयमा कहाँ जानुभयो के गर्नु भयो विदेश या स्वदेशमै रोजगार गर्नु भयो,भएन त्यो विवरण राम्रो संग नखुलाईदिदा प्राय गरेर सिईयो रिजेक्ट भएका छन्। तर यहाँहरुले,के बुझ्न पर्यो भने पढाई ग्याप गर्दैमा सिईयो लेटर आउदै आउदैन भन्ने चाहि हुदैन् ।

५.डकुमेन्ट पेश(Apply) गरेपछि सोधपुछको लागि गरिएको फोन नउठाउदा अर्थात सम्पर्कमा नआउदा ।।

-यो भनेको तपाईले मानीलिऊ जापान जानको लागि डकुमेन्ट पठाउनु भयो भलै तपाईको कुनै डकुमेन्टमा शंका उत्पन्न भएमा तपाई जान लागेको सम्बन्धीत कलेजले तपाईलाई सोध पुछको लागि फोन गर्छ, त्यो समयमा तपाईले फोन उठाउनु भएन र सम्पर्कमा आउनु भएन भने पनि सिओई रद्द ( रिजेक्ट) गर्ने प्रवल सम्भावना हुन्छ ।

६.फोनमा कुरा गर्दा कुरा बाजिएमा ।

-जस्तो तपाईको बारेमा तपाईको प्रायोजक(sponser)अर्थात घर परिवार बुवा मम्मीलाई सोध्दा पेश गरेको डकुमेन्ट भन्दा फरक कुरा गरिदिएमा,यस्तो घट्ना पनि धेरै घटेका छन्!जस्तो कि तपाईले आमाबुवालाई नभनि डकुमेन्ट पेश त गर्नु भयो तर आमाबुवाको फोन नम्बर राख्नु भयो,त्यस्तो अवस्थामा फोन गर्दा तपाईको छोरो जापान आउन लाएको हो भन्दा होईन,भनिदिएमा पनि सिईयो लेटर रिजेक्ट गर्दछ, त्यसैले यस्ता सामान्य कुरामा पूर्व सचेत रहनुहोला।घरपरिवारलाई जानकारी दिनुहोला ।

७. नक्लली(Fake) Bank statement बनाएर पठाउदा ।।

-यो भनेको तपाईले आर्थिक कारोबार देखाउदा बैंक स्टेटमेन्ट त पठाउनु हुन्छ,तर सम्बन्धीत बैंकलाई थाहा छैन्,तर तपाईको आर्थीक विवरण बुझ्न कतै बैंकमा फोन गरेर बुझ्न खोजेमा बैंकको मान्छेलाई नै थाहा छैन् भन्यौ भने स्वतह रद्द गर्दछ।बैंकले पनि आफ्नो नामबाट कसैले नक्कली डकुमेन्ट बनाएर पठाएको छैन्,भनि खोज तलास गर्यो र यदि भटाएमा उल्टै कार्वाहीको भागेदारी बन्नुपर्ला यसमा पनि सचेत रहनुहोला ।

८. सबै डकुमेन्ट राम्रै छ तर सिओई आएन रिजेक्ट भयो किन ?

-यो भनेको कस्तो हो भने तपाईले बनाउनु भएको सबै डकुमेन्ट मिलको छ,तर तपाई जान लाग्नु भएको कलेजमा तोकिएको सिट संख्या भन्दा बढी विद्यार्थीको आवेदन पर्यौ भने त्यस्तो अवस्थामा अन्तर्वार्ताबाट राम्रोलाई छानेर राख्ने गर्दछ।किनकि जापानमा कुन भाषा विद्यालयहरुले कति सम्म विद्यार्थी पढाउन पाउने भन्ने सुनिश्चित गरेको हुन्छ।सके सम्म आफुले आउन लागेको कलेजले कति जना विद्यार्थी माग गरेको त्यो बुझेर आवेदन दिदा अझै राम्रो हुन्छ ।

यसर्थमा यस्ता सामान्य कुरा के कारणले रिजेक्ट भएको हो भनेर बुझ्न तपाईले पढेको सम्बन्धीत कन्सलटेन्सी संग राम्रो बुझ्न जरुरी हुन्छ।त्यसैले भिषा रिजेक्ट भयो भन्दैमा फेरि आवेदन दिन नपाउने भन्ने हुदैन्,यहा ४,५ पटक सिओई रद्द भएकाहरु पनि आउन सफल भएका छन् ।

त्यसैले माथी हामीले बुझे अनुसार भनेका कुरा डकुमेन्ट पठाउदा सके सम्म आफुले पनि चेक गर्नुहोला,नभए यिनै प्रश्न सोधेर आफ्नो डकुमेन्ट बनाईदिने मान्छे अथवा जापानीज भाषा पढि राखेको कन्सल्टेन्सीलाई निर्धक्कभएर झकझकाई राख्नु होला।कतिपय कनसलटेन्सीहरु सामान्य भाषा तिन महिना पढाएर ३०,४० हजार लिएर डकुमेन्ट पेश नगरिदिने पनि धेरै हुन्छन्।यस्तो कुरामा तपाई स्वयंम सचेत रहनुहोला।माथीका बाहेक सिओई रिजेक्ट हुने अन्य कारण भएमा हामी तपाईहरुलाई अवश्य जानकारी दिने नै छौ । 

सिओई किन रिजेक्ट हुन्छ, भन्ने विषयमा सम्बन्धीत भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।