आजको राशिफल ।। भाद्र ३ गते शुक्रवार ।।

काठमाडौं,भाद्र,३,आज विक्रम संवत २०७९ साल भाद्र महिनाको ३ गते शुक्रवार, (अगष्ट १९ तारिख) भाद्र कृष्ण अष्टमी तिथी !!आज श्रीकृष्ण जन्मष्टमी,हिले जात्रा मनाईदैछ ।

आज भाद्र ३ गते शुक्रवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला, साहित्यमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन नयाँ कार्यको सुरुवात गर्न सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक कार्यमा सहभागी भइनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम बिग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँकतैबाट कुनै उपहार पनि प्राप्त होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन अनावश्यक रुपमा शत्रु बढ्न सक्छन् । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ, तर विद्यामा लाभ मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल