राष्ट्रियसभाको बैठक पुस १७ गते बोलाउने सरकारको तयारी

फाईल तस्विर !!

काठमाडौं,पुस,११-सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो ।

संविधान अनुसार एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन ।

सरकारले पुस १७ गते अधिवेशन आह्वानका लागि सिफारिस गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।