जापानको कुमामोटो प्रान्तमा बाढीपहिरोमा परी २४ जनाको मृत्यु

१२ जना वेपत्ता, हराईरहेकाको खोजी कार्य जारी

जापान,असार,२२-जापानमा केहि दिन अघिबाट निरन्तर परिरहेको अविरल झरिका कारण २४ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।  

फाईल तस्विर !

जापानको दक्षिण पश्चिमी कुमामोटो प्रान्तमा अविरल परिरहेको वर्षा संगै आएको बाढी पहिरोमा परि २४ जनाको मृत्यु भएको हो,भने १२ जना हराईरहेका छन् ।हराइरहेका ति व्यक्तिको उद्धारकर्मीहरूले खोजी जारी राखेका छन।उद्धारकर्मीहरूका अनुसार त्यहा के कति क्षति भएको छ यसबारे पूर्ण रुपमा अझै प्रष्ट भन्न नसकिने बताएका छन् ।

कुमा नदी लगायत नौ वटा नदीहरूमा आएको बाढी १० ठाॅंउ भन्दा बढी स्थानहरूमा नदिको अत्याधीक बहाव भई त्यहा रहेका विभिन्न क्षेत्रहरू डुबानमा परेका छन्।बाढी संगै आएको पहिरोले घरहरू पुरिएका छन्,भने सडकहरु अवरुद्ध भएको छ ।

यसैबिच: मृत्यु हुनेमा हितोशी शहरका नौ व्यक्तिहरु रहेका छन् । त्यहाॅं ४ जना हराईरहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेता पनि अहिले सम्म पत्ता लागेको छैन् । यस्तै आशिकीता शहरमा पनि नौ जनाको मृत्यु भएको छ।त्यहाॅं १ जना सम्पर्क विहिन भएका छन् ।उता यत्सुशिरो शहरमा तीन जनाको मृत्यु भएको छ।

त्यसैगरी: कुमा गाउँमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । कुमा गाॅंउमा पाँच जना अझै हराइरहेका छन्।त्यहाॅं नजिकैको खोलाबाट आएको बाढीको पानीले वृद्धहरूको लागि बनाईएको नर्सिङहोम डुबाए पछि उक्त नर्सिङहोममा रहेका ५० जना कामदारको काममा अवरुद्ध भएको छ ।

उता : सुनाजी टाउनमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ,भने दुई जना हराइरहेका छन्।अहिले बाढी प्रभावित क्षेत्रमा पुलिस, दमकलकर्मीहरू र सेल्फ-डिफेंस फोर्सका कर्मचारीहरूले खोजी र उद्धार कार्यहरू जारी राखेका छन्।उक्त क्षेत्रका १० भन्दा बढी जिल्लामा मानिसहरू फसेका छन्।बाढीबाट अवरुद्ध भएका सडकहरु छिट्टै संचालनमा ल्याउनका लागि काम भैरहेको अधिकारीहरूले बताएका छन् ।