नेकपा अध्यक्षद्वयको ‘वान टु वान’ वार्ता सकियो

काठमाडौं,असार,२२-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

भेटमा नेकपा अध्यक्ष दाहालले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेकोसमेत बताउनुभएको थियो । बैठकमा अध्यक्ष दाहालले दुई अध्यक्षकै बीचमा छलफल गर्नु पर्ने बताउनुभएको थियो ।

दोश्रो तहका नेताहरूभन्दा पनि आवश्यक परे वरिष्ठ नेतालाई बैठक राख्न जरूरी रहेको दाहालको भनाइ थियो । उहाँले वरिष्ठ नेताहरूसँग छलफल गरेर अगाडि बढ्नु पर्ने समेत बताउनुभएका थियो ।

यसअघि हिजोको भेटमा दुवै पक्षका केही नेताहरूलाई राखेर अनौपचारिक कार्यदल बनाइएको बालुवाटारले बताएको थियो ।