नेकपा स्थायी समिति बैठक पुनः स्थगित, अब असार २६ गते बस्ने

फाईल तस्विर !

काठमाडौं,असार,२४-नेकपा स्थायी समिति बैठक पुनः स्थगित भएको छ।अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्नेछ ।सोमबार बस्ने भनिएको बैठक विवादित विषयमा सहमति जुट्न नसकेपछि आज(बुधबार) बस्न लागेको बैठक स्थगित भएको हो ।

वैठक २६ गते शुक्रवारका लागि सरेको छ । पछिल्लो समय शीर्ष नेतृत्वबीचको विवादको असर पार्टी र सरकार सञ्चालन पनि परेको छ ।विवाद समाधानका लगि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’वीच निरन्तर छलफल चलिरहेको छ ।

अध्यक्षद्धयवीच आजपनि छलफल हुने बताइएको छ । यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको थियो ।

स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् भने ओलीले आफुले अहिले कुनै पदबाट पनि राजीनामा नदिने अडान राख्दै आउनुभएको छ ।

प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि दाहालले हिजो वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर छलफल गर्नुभएृको थियो ।