चुनाव सरेर सबै नेपालीलाई सहज भयो : युवा नेता पाण्डे

 रमित बि.क.

बाजुरा जेष्ठ  १८-
नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले दोस्रो तहको स्थानिय निकायको चुनाव सरेरे सबै नेपालीलाई सहज भएको बताउनुभएको छ । नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिले आयोजना गरेको चुनावी भेलालाई संबोधन गदै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाली काँग्रेस भनेको कालो पनि हो गोह्रो पनि हो अग्लो पनि हो होचो पनि हो सबैलाई जोड्ने काँग्रेस भएकाले सबैको मागलाई संबोधन गर्ने गरी स्थानिय निर्वाचनको मिति केही पर सरेको बताउनुभएको छ ।

नेपाली काँग्रेस सबैलाई जोडने काँग्रेस अरु जस्तो जोडने,फोड्ने मधेसीलाई छुट्याउने,भगाउने,अलग ठान्ने त्यो होईन सबैलाई जोडने र आर्कषक काँग्रेस भएको बताउनभयो ।

एमालेले बृद्धभत्ताको कुरा गरिरहेको बेला नेपाली काँग्रेसले जितेपछि अब ४ हजार बृद्धभत्ता बढाउने र एकिकृत जेष्ठ नागरिक आश्रम पनि काँग्रेसले बनाउने समेत उल्लेख गर्नुभएको छ ।

उहाँले युवाका लागी पनि युवा चुनौती कोषको पनि सुरुवात गरेको बताउनुभएको छ । अरु कुनै बिषय नभएपछि एमालेले प्रपोगाण्डाको राजनिति गरेर बृद्धभत्ताको बिषयलाई प्रचार गदै देशभरी हिडेको बताउनुभएको छ ।

एक फरक प्रसंगमा बोल्दै उहाँले नेता पाण्डेले नेकपा एमालेको बाजुरामा आमसभाको संबोधान गर्ने आउनुभएको नेकपा एमालेका उपाध्यक्ष भिम बहादुर रावलले काँग्रेसको बिरोध मात्र गरेकोले भिम रावल कुनै त्यति ठुलो नेता र मान्छे नभएको आक्रोस पोख्नुभएको छ ।

भिम रावल एमालेको टेक्नीकल्ली नेता मात्र भएको बताउनुभयो । भिम रावल राजनितिक रुपमा त्यत्रो उच्चता प्राप्त गरेको नेता नभएको ठोकुवा गर्नुभएको छ । केपी ओली प्रधानमन्त्री भएको बेला देशको आर्थिक बृद्धिदर ०.७ प्रतिशत रहेको र नेपाली काँग्रेस

सरकारमा जान साथ देशमा लोडसेडिग मुतm गरिएको र आर्थिक बृद्धिदर अहिले ६.९४ प्रतिशत बढेको र यो आर्थिक बर्ष सकिदै गर्दा ७ प्रतिशत बृद्धि हुने यो कामको प्रारम्भ नेपाली काँग्रेसले गरेको बताउनुभएको छ ।

शुसिल कोईराला प्रधामन्त्री भएको बेला बृद्धभत्तालाई ५ सय बाट १ हजार पुर्याएको र एमालेले १ हजारबाट २ हजार पुर्याएको भन्दै केके न गरे भनेर कोकोहोलो मजाएउदै आएको बताउनुभएको छ । नेपाली काँग्रेसले ७ सालमा प्रजातन्त्र र २०४६ सालमा पञ्जायत ढालेको बताउनुभएको छ ।

अरु कुनै बिषय नभएपछि बृद्धभत्ताको कुरालाई बारम्बार दोहोर्याई रहेको बताउनुभयो । उहाँले राष्ट्रबादको कुरा गर्ने पार्टीले पहिले आफ्नो नाम चाँही राष्ट्रिय राख्ने एमालेलाई आग्रह गर्नुभएको छ ।

एमालेले बृद्धभत्ता र राष्ट्रबाद २ वटा भ्रम सिर्जना गरेर काँग्रेसलाई उथल पुथल पार्छु सोचेको छ र व्यवस्थापकीय कमेजोरीले काँग्रेस यस बर्ष केही पछाडी परेको बताउँदै मधेशले एमालेलाई लखेटी लखेटी दोसा्रे चरणको ४ वटा प्रदेशमा हुने स्थानिय निकायको चुनावमा सत प्रतिशत काँग्रेस १ नम्बरमा आउने र कुनै दुबिदा नभएको बताउनुभएको छ ।

पहिलो चरणको निर्वाचनमा केही प्राबिधिक र व्यवस्थापकीय कमजोरीले कतै कतै केही हर भएको स्विकार्नु भएको छ । उहाँले स्थानिय तहको निर्वाचनमा अरुलाई मोहित पार्ने,प्रभावित पार्ने,ईमान्दार,अनुसासित,भद्र र सालिन भएर प्रचार प्रसार गर्ने नेता तथा कार्यकर्तालाई अनुरोध सकेत गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले अवको लडाई भनेको निकटतम प्रतिद्धन्दी एमाले संगको भएको बताउनुभएको छ । उहाँले तेरो मेरो नभनी सबैलाई मिलाएर जनताको सिफारिस र माग अनुसार जिल्लाका बिभिन्न गाउँपालिका र नगरपालिकामा उम्मेदवारहरुलाई छनोट गरिएको बताउनुभएको छ ।

चुनावी भेलामा बोल्दै नेपाली काँग्रेसका नेता मान बहादुर रावलले यतिखेर बाजुरामा नेपाली काँग्रेसको पक्षमा जनलहर आएको र थेग्न सक्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले चुनाव हार्दा जित्दा कुनै फरक नपर्ने भएकाले ढुक्क भएर प्रचार प्रसारमा लाग्न नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

नेकपा एमाले जनताको भोटले नजित्ने भएकाले हानपिट गर्ने थालेको आरोप लगाउनुभयो । रावलले अरुलाई गाली गर्दा आफुलाई पनि दुख्छ भनेर ठान्ने प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस भएको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका दलित अगुवा तथा पूर्व सभाषद महा नेपालीले काँग्रेसलाई हराउने यो देशमा कुनै शतिm नभएको बताउनुभएको छ । नेपाली काँग्रेस बाजुरामा कमजोर नभएकोले अनुशासित भएर काम गर्ने कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।