चितवन, पुस ११-
प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संक्रमणकालको अन्त्य गर्नु नै नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको सफलता भएको बताउनु भएको छ । चितवनको सौराहामा आयोजित १४औं चितवन हात्ती महोत्सवको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा कांग्रेस सधैं रहिरहने बताउनुभयो ।
उहाँले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगकोरुपमा लिनुपर्नेमा जोड दिनुभयो । हात्ती महोत्सवले समग्र देशलाई नै अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नारायणगढ–मुग्लिन सडकखन्ड अहिलेसम्म पनि नबन्दा आफू दुखित भएको भन्दै छिट्टो निर्माण गर्न निर्माण कम्पनीहरुलाई निर्देशनसमेत दिनुभयो ।
कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले सौराहालाई सुरक्षित बनाउन तटबन्धको जरुरी रहेको औंल्याउनुभयो ।यस्तै, क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले नारायणगढ–मुग्लिन सडकखन्ड छिट्टो निर्माण गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठसहित विभिन्न संरक्षणकर्मीहरुलाई सम्मानित गरिएको थियो । उद्घाटन समारोहअघि विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीसहितको र्याली निकालिएको थियो ।साभार : ईमेज खबरबाट